इनरुवा , भदौ २ गते । सप्तकोशी नदीको कोशी ब्यारेजको पुलबाट सोमबार विहान टिकटक बनाउने क्रममा डुबेर बेपता भएका भारतीय युवक अझै फेला परेको छैन् । बोलबम आएको र त्यसक्रममा व्यारेजको ठोका नम्बर १२ मा टिकटक बनाउने क्रममा पानी खसेर बेपत्ता भारतको बिहार राज्य अररिया जिल्लाका २८ वर्षीय संजीव कुमार शर्मा अझै फेला नपरेको प्रहरीले जनाएको छ । कोशी ब्यारेजको पुलबाट नदीतर्फ बेपत्ता भएको र नेपाल तथा सशस्त्र प्रहरीले प्रारम्भिक जानकारी प्राप्त भएसगैं खोजी कार्य थालेको भएपनि दोस्रोदिनसम्म फेला नगरेको इलाका प्रहरी कार्यालय भण्टाबारीले जनाएको छ ।

घटनालगत्तै सुनसरी र सप्तरीका सुरक्षाकर्मीले खोजी कार्य तीव्र बनाएको भएपनि फेला नपरेको इलाका प्रहरी कार्यालय भण्टाबारीबाट प्रहरी नायब निरीक्षक सुरेश यादवले जानकारी दिनुभयो । यादवका अनुसार बेपता शर्माको खोजीका लागि विपद् व्यवस्थापन सुरक्षा बेस भारदहबाट सशस्त्र प्रहरी नायब उपरीक्षक प्रेमसागर बिष्टको नेतृत्वमा टोली, सीमा सुरक्षा गुल्म हरिपुरको टोली र नेपाल प्रहरी समेत खोजी कार्यमा परिचालन गरिएको थियो । पछि बेपत्ता युवकको खोजीका लागि सशस्त्र प्रहरी बल, नेपाल नं. १ बराह बाहिनी मुख्यालय पकलीबाट सशस्त्र प्रहरी निरीक्षक तेजकुमार मगरको कमाण्डमा ११ जनाको गोताखोर टोली समेत परिचालन गरिएको जनाएको छ ।