संसद खगेन्द्र सुनुवारले दिनुभएको अभिव्यक्ति प्रति आपती जनाउदै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र
सुनसरीका पूर्व प्रहरीहरुले प्रतिनिधि सभा सदस्य संसद खगेन्द्र सुनुवारले दिनुभएको अभिव्यक्ति प्रति आपती जनाउदै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको छ । खगेन्द्र सुनुवारले दिनुभएका अराजक अभिव्यक्तिका विरुद्धमा जिल्ला प्रशासन कार्यालय सुनसरी मार्फत प्रधानमन्त्री समक्ष पुर्व प्रहरी सङ्गठन जिल्ला कार्यसमिति सुनसरीले ज्ञापन पत्र बुझाएको हो । जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्याल मार्फत बुझाइएको ज्ञापन पत्रमा विवादिन अभिव्यक्ति दिनेलाई कार्वाही गर्नुपर्ने, उच्च मर्यदामा रहेका पदाधिकारीहरुको सम्मान गर्नुपर्ने र राज्यले सबै पेशाको सम्मान गर्नुपर्ने माग गरेको छ ।
दिलिप कु
मार श्रेष्ठको नेतृत्वमा ज्ञापन पत्र बुझाउदै अव आईन्दा यसो अपमानित गर्ने खालको अभिव्यक्ति नदिन समेत आग्रह गरिएको छ ।
