इनरुवा, साउन ३० गते । कोशी प्रदेशका कलाकारहरुको अगुवाईमा सुनसरीको इनरुावमा नेपाली लघु गिति चलचित्र नेपालकी छोरी तेस्रो श्रृखलाको छयांकन सुरु गरेको छ । अपन स्वर्ग नेपाल कला संस्कृतिं सुनसरीको नेतृत्वमा तथा संस्थाका अध्यक्ष झोटन मेहताको अगुवाइमा नेपालकी छोरी तेस्रो श्रृखला छयांकन सुरु गरेको हो । टेलि सिरियलमा नायीका त्रिसणा भट्टराई, नायक शौरभ झा सहित दर्जन बढी कलाकारको अभिनय रहेको जनाएको छ । झोटन मेहताले निर्देशन गर्नुभएको नेपालकी छोरी तेस्रो श्रृखलाको गायक अरुण रसिक र माला राजवंशी

रहनुभएको छ ।

अन्य कलाकारहरुमा पवन राजभर, लिला भट्टराई, टंक भेटवाल, शान्तीदेवी भेटवाल, क्यामरा पर्सन चन्दन शर्मा, होमप्रसाद भट्टराई, जुनु भण्डारी, दिपेन्द्र देव, स्मिता पराजुली, हिमप्रसाद दंगाल, गायत्री देव, रामअवतार, प्रकाश भौर, सहितको कलाकारहरुको अभिनय रहेको छ ।