सूर्यकिरण एकेडेमीले कक्षा ११ मा भर्ना भएका नवआग्नतुक विद्यार्थीलाई स्वागत र कक्षा १२ को उत्कृष्ट विधार्थीलाई गरे सम्मान
सुनसरीको इनरुवा नगरपालिका वडा नम्बर–५, बलाहामा रहेको सूर्यकिरण एकेडेमीले कक्षा ११ मा भर्ना भएका नवआग्नतुक विद्यार्थीलाई स्वागत र कक्षा १२ को उत्कृष्ट विधार्थीलाई सम्मान गरेको छ । आईतबार विद्यालयमा स्वागत तथा सम्मान कार्यक्रमका बीच कक्षा ११ मा भर्ना भएका नवआग्नतुक विद्यार्थीलाई खादा सहित स्वागत र कक्षा १२ को उत्कृष्ट विधार्थीलाई प्रसंसा र सम्मान पत्र , दोसल्ला सहित सम्मान गरेको हो । कार्यक्रममा कक्षा ११ मा भर्ना भएका तथा अध्ययनका लागि आएका विद्यार्थीहरूको स्वागत गर्दै हालै कक्षा १२ को नतिजा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूको सम्मान गरेको शिक्षक असोक यादवले जानकारी दिनुभयो । विद्यालयका प्रिन्सिपल मनोज कुमार यादवको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमका प्रमुख अतिथि इनरुवा नगरपालिकका नगर प्रमुख केदार भण्डारी रहनुभएको थियो । कार्यक्रममा नगर प्रमुख भण्डारीले इनरुवालाई शैक्षिक हब बनाउने अभियानमा सूर्यकिरण एकडेमीको समेत योगादन रहेको बताउनुभयो । उहाँले इनरुवाका विद्यार्थी बाहिर जानबाट रोक्न यहिको नीजि तथा सामुदायिक विद्यालयको स्तर वृद्धि गराउन आफूले गरेको पहल प्रयास सार्थक भएको र त्यसमा सूर्यकिरणले समेत सहयोग गरेको बताउनुभयो । कार्यक्रममा विद्यालयका विधार्थी सहित शिक्षक कर्मचारी तथा अभिभावकहरूको सहभागिता रहेको थियो । सोही अवसरमा सांस्कृतिक प्रस्तुति तथा मनोरञ्जनात्मक गतिविधिहरू ,विद्यार्थीहरुले आकर्षक नृत्य, गीत प्रस्तुत गरेका थिए ।
प्रिन्सिपल यादवले सूर्य किरण एकेडेमीले कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत विगतको जस्तै स्वागत र विद्यालयमा उत्कृष्ठ अंक ल्याएर कक्षा १२ उतिर्ण भएका विद्यार्थीहरुलाई सम्मान गरेको जानकारी दिनुभयो । यादवले सूर्य किरण एकेडेमीले गुणस्तरीय शिक्षा मात्रै हैन एक असल नागरिक समेत उत्पादन गर्दै आइरहेको बताउनुभयो । उहाँले विद्यालयका भवन, भौतिक संरचनाभन्दा पनि अभिभावकहरुले त्यहाँ गुणस्तरीय शिक्षा दिइन्छ कि दिइदैन भन्ने हेर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले सूर्य किरण एकेडमीले पढाइ्र्र, अतिरिक्त क्रियाकलाप सबैमा अव्बल भएको प्रमाणीत गरिसकेको बताउनुभयो । राष्ट्रको शैक्षिक क्षेत्रको विकासमा निजी विद्यालयहरुको भूमिका अत्यन्तै महत्त्वपूर्ण रहेकाले आउन लागेको शिक्षा विधेयकमा रहेका केही प्रावधान सच्याएर ल्याउनुपर्नेमा जोड दिनुभयो । यसैगरी सोही कार्यक्रममा बोल्दै वत्ताहरुले इनरुवा क्षेत्रमै शैक्षिक क्षेत्रमा महत्त्वपूर्ण भूमिका खेल्ने सामुदायिक तथा संस्थागत विद्यालयहरुको सकारात्मक प्रयासको प्रचार गर्नुपर्नेमा जोड दिएका थिए ।
सोही कार्यक्रममा बोल्दै इनरुवा प्याब्सनका अध्यक्ष रमेश प्रसाद गुरागाईले निजी विद्यालयप्रति सरकारले हेर्ने धारणा बदल्नु पर्नेमा जोड दिनुभयो । देशको ठूलो हिस्सालाई गुणस्तरीय शिक्षा दिदै आइरहेको निजी विद्यालयलाई देशबाट मासेर देशको शिक्षा क्षेत्र ध्वस्त बनाउने प्रयास भइरहेको बताउनुभयो । सूर्य किरण एकेडेमीमा कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुले उपयुक्त विद्यालय छनौट गरेको बताउँदै विद्यालयले यसअघिका परीक्षाहरुमा राम्रो नतिजा ल्याएर आफ्नो गुणस्तरियता प्रमाणीत गरिसकेको गुरागाईले बताउनुभयो ।
