जयकृष्ण यादव । इनरुवा
इनरुवा , भदौ २ गते । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक शेखर खनालले सुनसरीका नागरिक समाज र भद्रभलादमीसंग अन्तरक्रिया गर्नुभएको छ । प्रहरीले गर्दै आएको कामकारबाही र नागरिकको सेवा प्रतिको सन्तुष्टि बारेमा मंगलबार जिल्ला प्रहरी कार्यालय सुनसरीमा भद्रभलादसंग अन्तरक्रिया गर्नुभएको हो । शान्ति सुरक्षा, जनताको गुनासो सुन्ने, समुदायसंगको सहकार्य र प्रहरी नागरिक बीचको सम्बन्ध सुदृढ गर्ने उदेश्यले कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक(डीआइजी)शेखर खनालले सुनसरीका स्थानीय नागरिक, पूर्व प्रहरी कर्मचारी तथा प्रहरी सेवा केन्द्रका प्रतिनिधिसँग अन्तरक्रिया गर्नुभएको छ ।
खनालसंग समुदाय–प्रहरी साझेदारी जिल्ला कार्य समितिका पदाधिकारीहरु बिच अन्तर्किया तथा छलफल कार्यक्रम भव्यताका साथ सम्पन्न भएको प्रहरी उपरीक्षक पुष्पराज मल्लले जानकारी दिनुभयो । पुर्व प्रहरी निरीक्षक चित्र कहादुर कार्कीले पुर्व प्रहरीलाई सम्मान र प्रहरीले गर्ने कार्यक्रम र योजनाको बारेमा सुचनाको लागि आग्रह गर्नुभयो ।
रमेशकुमार कार्कीले अपराध अनुसंधानमा समेत पुर्व प्रहरीले सहयोग गर्न सक्ने भएकोले समन्वयको लागि आग्रह गर्नुभयो । प्रहरी प्रादेशिक अस्पतालमा एक्सरे मेसिन नभएको र उपचारको सेवा सहज नभएको उहाँले गुनासो गर्नुभयो । पुर्व प्रहरीपरिवार र बालबालिकालाई न्याय हुने काम हुनुपर्नेमा जोड दिनुभयो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीको निरीक्षण भ्रमणका क्रममा उहाँले भेटघाट तथा अन्तरक्रिया गर्नुहुदै प्रदेश प्रहरी र नेपाल प्रहरी नागरिकको सेवामा रहेको जानकारी दिनुभयो । प्रमुख खनालले प्रहरी र समुदायबीचको सम्बन्धलाई अझ सुदृढ बनाउन यस्ता भेटघाट तथा अन्तरक्रिया महत्वपूर्ण रहेको बताउनुहुदै नागरिकका वास्तविक समस्या, गुनासो तथा अपेक्षाहरू बुझ्न नागरिक समाजका भद्रभलादमीसम्मको कार्यक्रमले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले कोशी प्रदेश प्रहरीले शान्ति–सुरक्षा कायम गर्ने तथा नागरिकमैत्री प्रहरी सेवा प्रवाह गर्ने कार्यमा स्थानीयवासी र पूर्व प्रहरी कर्मचारीहरूसँग सहकार्य गर्दै अगाडि बढ्ने बताउनुभयो ।
भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक पुष्पराज मल्ल, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी उपरीक्षक नारायणप्रसाद चिमरिया, प्रहरी नायव उपरीक्षक रामप्रसाद तिम्सिना, चन्द्र बहादुर खड्का लगायत प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो । प्रहरी नायव महानिरीक्षक खनालले जिल्ला प्रहरी कार्यालय इनरुवाको निरीक्षण समेत गर्नुभयोे । अन्तरक्रियाका क्रममा स्थानीय नागरिक तथा पूर्व प्रहरी कर्मचारीहरूले जिल्लाको शान्ति–सुरक्षा, लागु औषध दुव्र्यसन नियन्त्रण, चोरीतस्करी नियन्त्रण, ट्राफिक व्यवस्थापन, अपराध नियन्त्रण, प्रहरीको सेवा प्रवाह तथा समुदायसँग प्रहरीको सम्बन्ध लगायतका विषयमा आ आफ्ना धारणा, सुझाव तथा अपेक्षाहरू राखेका थिए ।


१, कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक शेखर खनालले सुनसरीका भद्रभलादमीसंग अन्तरक्रिया गर्नुुहुदै ।