सुनसरीकाे भाेक्राहा नर्सिङ गाउँपालिका ८ लकडाउन चाैकमा सामाजिक सद्भावमा युवाको भुमिका विषयक संवाद सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा सामाजिक परिवर्तन केन्द्र काठमाडौंकाे आयोजनामा बुधबार
सामाजिक सद्भावमा युवाको भुमिका विषयक संवाद सम्पन्न भएको हो । सम्पन्न भएको संवादमा सहभागीहरुले युवाको आवाजलाई सम्बाेधन गराउन , कुलतबाट बचाउन , सामाजिक सञ्जालकाे सहि उपयोग गर्न , सामाजिक सम्बन्ध प्रगनढ बनाउने भुमिका युवाले निर्वाह गर्न सक्नेमा जाेड दिएका छन् ।
सहभागी भाेक्राहा नर्सिङ ८ का युवा शिक्षक साहिद कमालले युवा आफू स्वयं सचेत हुनुपर्ने र एकआपसमा भाईचाराकाे सम्बन्ध राखेर सद्भाव कायम गर्न सकिने बताउनुभयाे । उहाँले युवाले आफ्नो समाजमा सकारात्मक सन्देश दिनुपर्नेमा कुलतका कारण र धार्मिक ज्ञानकाे अभावमा नाकारात्क गतिविधि गरेको र त्यसको असर समग्र समुदायमा परेको बताउनुभयो । शान्तिपूर्ण समाजमा लागू ओषध नासाले असर पारेको बताउनुभएको छ । देखासिकि परिवार कै सदस्य बाट हुने र कुलतमा फसेकोले सामाजिक सद्भावमा असर परेको छ । विग्रदै गएको समाजमा अभिभावकले भुमिका निर्वाह गर्नुपर्ने ,
माेवाईल, प्रविधिक र सामाजिक सञ्जालमा गलत गलत कुरा गरेकोेले असर पर्न गई सद्भाव , एकता र मेलमिलापको लागि नाकारात्मक प्रभाव परेको छ ।
स्थानीय युवा लुकमान अन्सारीले सामाजिक प्राणीमा मानवता र सामाजिक शिक्षाको ज्ञान अभाव भएकोले समस्या देखिन थालेको गुनासो गर्नुभएको छ। सिमानामा ओसारपसार गर्ने गरेको छ। शिक्षा विना भाईचारा र सद्भाव असर पार्ने गरेको छ । सबैलाई शिक्षा दिनुपर्नेमा जाेड दिनुभयो । बचतकाे बानीले सबैलाई फाइदा पुग्ने र गलत काम गर्नाले असर पर्ने भएकोले सचेतना फैलाउन जरुरी रहेकोमा सहभागीले जाेड दिएका छन् । भाेक्राहा नर्सिङ ८ का मजरुदिन अन्सारीले युवाले चाहेको खण्डमा सबै समस्या समाधान गर्न सक्ने र सद्भाव कायम गर्न भुमिका निर्वाह गर्न सक्ने बताउनुभयो । स्थानीय कमरुद्धिन मियाँले अभिभावकले आफ्नो छाेराछाेरीका लागि अनुशासन र सचेतना जगाउनु पर्नेमा जाेड दिनुभयो । अर्का सहभागी सफिद हजारीले समाजमा रहेको मडर, मैयन्जन वा सामाजिक समिति गठन गरेर सकृय पार्नुपर्ने बताउनुभयो । सहभागी कपिल देव साहले गाउँमा
दण्डहीनताको कारणले समाजमा असर रहेकोले दण्डहीनताको अन्त्य गर्नुपर्नेमा जाेड दिनुभएको छ । युवालाई अभिभावकले संरक्षण र सुरक्षा किन नदिएको , विवाह नभएको केटाकेटीलाई निगरानी बढाउनुपर्ने , बालबालिका र युवा किन छाडा भएको पहिचान गरेर शिक्षा दिनुपर्ने , कुलतमा फसेका लाई बचाउने , शिक्षाको पहुँच बढाउने , स्कुल बन्दले अज्ञान बढेकोले सचेतना फैलाउन युवा सकृय हुनुपर्नेमा सहभागीले जाेड दिएको छ । गाउँमा युवाले गलती गरेको स्विकार्दै सद्भाव र नस्विकारेकाे खण्डमा विवाद बढ्ने भएकोले सचेतना जरुरी रहेकोमा जाेड दिएको छ। बालबालिकालाई कुलतमा फस्नबाट बचाउन युवा अनुसाशन समिति गठन गर्न सुझाव दिनुभयो । सहभागीले समाज र व्यक्तिमा बिचार अभावले परिवर्तन सम्भव नहुने बताउनुभयो । संवादमा सामाजिक परिवर्तन केन्द्रका रमेश भट्टराई र जयकृष्ण यादवले सहजीकरण गर्नुभएको थियो ।