सबै समुदायको समान अधिकारका लागि प्रदेश सरकार प्रतिवद्ध ः कार्की
जयकृष्ण यादव । इनरुवा
इनरुवा, असोज १४ गते । प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले सबै समुदायको हक, हित र अधिकारको पक्षमा काम गर्न प्रदेश सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ । सनिबार सुनसरीको सीमावर्ती भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ४ चिरौलीमा नेपाल झागड(उराँव) कोड्रेम सुध्रारा कार्य गुठियारा आ जिल्ला कार्य समिति सुनसरीमा आवद्ध भएका उराँव समुदायको दशैं करम पुजा महोत्सन कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रदेश सरकारले सबै समुदायको समान अधिकारका लागि प्रतिवद्ध रहेको बताउनुभयो । मन्त्री कार्कीले देशको विकास, समृद्धि र पहुच स्थापना गर्नका लागि मागेर नभई सबै आफ्नो अठोटका साथ लडाई लडेर पनि अधिकार लिने बेला आएकाले त्यस प्रति प्रदेश सरकार गम्भिर रहदै समान अधिकारका लागि पहल र काम गर्दै आएको बताउनुभयो ।


मन्त्री कार्कीले उराँव समुदायको हक अधिकारका लागि संविधान सभामा नै नेपाली काग्रेंसले उराँव समुदायको सभासद बनाएको स्मरण गराउनुहुदै नेपाली काग्रेंस पनि उराँव समुदायको उत्थान र पहुच स्थापित गराउने काम गरेको बताउनुभयो ।
देशमा सबै भाषाभाषी, जातजाती, धर्म, संस्कृतिको संरक्षण गर्न पनि नेपाली काग्रेंसले काम गर्दै आएको बताउनुभयो । नेपालमा पहिचान सहितको धर्म संस्कृति भएको आदिवासी जनजाती समुदायको हकहित र अधिकारको वकालत गर्ने पार्टी पनि नेपाली काग्रेंस रहेको दावी गर्नुभयो ।

कार्यक्रम नेपाल झागड(उराँव) कोड्रेम सुध्रारा कार्य गुठियारा आ जिल्ला कार्य समिति सुनसरीका अध्यक्ष राजु उराँवको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा उराँव समुदायको मौलिक नाचगान र झाकी समेत प्रस्तुत गरिएको थियो ।
भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अख्खर आजाद, उपाध्यक्ष सुनीता कुमारी उराँव, नेपाली काग्रेंस गाउँ सभापती युवराज दाहाल, हरिनगर सभापती नुनु अंसारी, कोशी २ का वडा अध्यक्ष ध्यानी उराँव, नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य निर्मल बराल, प्रदेश सासद ताहिर मियाँ, संविधान सभा सदस्य सूर्यदेव दास उराँव, स्थानीय अन्जली उराँव लगायतकाले करमको महत्वका बारेमा बोल्नुहुदै शुभकामना दिनुभएको थियो ।

१, सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ४ चिरौलीमा नेपाल भाmगड(उराँव) कोड्रेम सुध्रारा कार्य गुठियारा आ जिल्ला कार्य समिति सुनसरीको आयोजनामा आयोजित दशैं करम पुजा महोत्सनका अथितिहरु ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा


