https://fb.watch/f_e3ElPaud/


रविन पोदार । जल्पापुर
सुनसरी सदरमुकाम इनरुवा १० जल्पापुरको दुर्गा मन्दिरमा दशैको मेलासगैं सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । इनरुवाको विभिन्न दुर्गा मन्दिर र भगवती तथा काली मन्दिरमा लागेको मेलामा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको हो । नाचगान सहितका विभिन्न मन्दिरमा भव्य मेला सम्पन्न भएको छ । यी मन्दिरहरुमा घटस्थापनासगैं दैनिक पुजापाठ सगैं मेला र सांस्कृतिक कार्यक्रम सम्पन्न भएको हो । मधेसमा दसहारा मेलाको नाममा दशैको सुरुवातदेखी टिकासम्म र केही ठाउँमा काुजाग्रत पूर्णिमासम्म ठाउँठाउँमा मेला लगाउने गरेका छन् ।

https://fb.watch/f_e3ElPaud/