भुईमान्छे विमोचन
जयकृष्ण यादव । इनरुवा इनरुवा, कात्तिक ५ गते । सुनसरी सदरमुकाम इनरुवाका साहित्यकार टिका शिवाकोटी आचार्यको पहिलो साहित्यिक कृति कबिता संग्रह ‘भुईमान्छे’को सनिबार विमोचन भएको छ । इनरुवामा साहित्यकार आचार्यले एक कार्यक्रमको आयोजना गरि कृति ‘भुईमान्छे’ कबिता संग्रहको विमोचन गर्नुभएको हो ।

आचार्यको कृति ‘भुईमान्छे’को प्रदेश १ का पूर्व मूख्यमन्त्री भिमप्रसाद आचार्य र इनरुवा नगरपालिका उपप्रमुख विनिता कुमारी मेहता सहित साहित्यकार प्राध्यापक रबिन्द्र कोईराला, लिलानाथ सिलवाल लगायतले एकैसाथ विमोचन गर्नु भएको थियो । पहिलो कृति ‘भुईमान्छे’को बिमोचनसगैं बजारमा आएको आचार्यले जानकारी दिनुभयो ।

सामाजिक, आर्थिक, राजनीतिक र संस्कृतिक सहित मानिस बीचको माया पिरति जिवनमा आउन सक्ने परिवर्तन र सोचलाई प्रस्तुत कविता संग्रहमा उतारिएको छ । कृतिमाथि समिक्षा गर्दै साहित्यका डम्बरुबल्भ भण्डारी, शिवनारायण पंडित(सिंगल) लगायतले प्रस्तुत कबितासंग्रह समय सान्दर्भिक र उत्कृष्ट रहेको चर्चा गर्नुभयो । अर्का समिक्षक टिका मिलनले साहित्यकार आचार्यका कबिता मिठा, सरल र पूर्ण भाव बुझ्न सकिने खालका रहेको बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथी भिम प्रसाद आचार्यले पछिल्लो पुस्तामा नयाँ छाप छोड्न, सामाजिक विकृति विसंगती उजार गर्न र राजनीतिकलाई समेत सचेत पार्न साहित्य पुस्तक सफल हुने विश्वास व्यक्त गर्नुभयो । आफूले घर, परिवार र विवाह पछीको समाजमा , देशमा तथा पेशामा देखेका, भोगेका र सुनेका सवालहरुलाई कबितामा उतारिएको अनुभव साहित्यकार आचार्यको थियो । १, सुनसरी सदरमुकाम इनरुवामा साहित्यकार टिका शिवाकोटी आचार्यको पहिलो साहित्यिक कृति कबिता संग्रह ‘भुईमान्छे’को विमोचन कार्यक्रमका अथितिहरु । तस्विर ः जयकृष्ण यादव । इनरुवा


