गर्छौ खेती व्यंग्य
व्यंग्य
जे के सहयोगी
खोई कस्ले गर्दैछ यो भाईटिकाको खेती
भेट पाल्नलाई सुगुर र भैसीको सहमती
टिकासिका के के हो टिकेको हुदैछ खेती
झुठभ्रम फैलाउनमा राती बण्डा सहमती ।।।
झुठो र भ्रमको कती गर्छौ खेती
यसले त आफैलाई गर्ने हो क्षती
हैसियत भन्दा बढी पो गर्दैछौ खेती
अनावश्यक गर्यौ भने हुनेछ क्षती ।।
अरुको दानापानी खादैमा नगर भ्रमको खेती
दृष्टिविहिन र बहिरो जस्तो नराख मनोवृति
आफ्नो तिर हुदाँ दिशालाई पनि हलुवा
अरुको तिर हुदाँ अमृतलाई पनि बालुवा ।।
ककस्ले गरे के के खेती प्रकृतिछन शाक्षी
कुमती भएकाहरु भ्रममा नदेखाउ राक्षशी
उनले भन्छ यती नै मेरो यथार्थ खेती
उनका हनुमानले गर्दा हुदैछ नी क्षती ।।
