काठमाडौं, पुस १७ गते । नेपाल स्रष्टा समाजले आफ्नो १६ औं स्थापना दिवसको अवसरमा आइतबार बहुभाषिक काविगोष्ठी सम्पन्न गरेको छ । कवि गोष्ठीमा करिब २५ जना कविहरुले विभिन्न भाषाका कविता वाचन गरेका थिए ।

स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ को सभापतित्वमा भएको कवि गोष्ठीमा कविहरु डा. नवराज कट्टेल (संस्कृत), गोपाल अश्क (भोजपुरी), लक्की चौधरी (थारु), गणेश राई (राई), शितल गिरी (अवधि), प्रल्हाद पोखरेल (खस), शेर्पु शेर्पा (शेर्पा), जीवनराम जैशी (अछामी), अब्दुल सलाम खान (उर्दू), कविराज तामाङ (तामाङ), सोम धिमाल (धिमाल) लगायतले कविता वचन गर्नुभएको थियो ।

कार्यक्रममा नाट्यकर्मी अशेष मल्ल, कविहरु श्रीओम श्रेष्ठ, लक्ष्मण गौतम, पवन आलोक, तारा सुवेदी लगायतले मन्तव्य राख्नुभएको थियो ।