इनरुवा, माघ २ गते । सुनसरी सदरमुकाम इनरुवाका साहित्यका तारा साहित्यकार, कलाकार, पत्रकार प्रकाश मेहता अनुरागले आफ्नो जन्मदिन फरक तरिकाले मनाउनु भएको छ । सृजनामा इनरुवा र सप्तरगीं साहित्य समाज सहितको उपस्थितीमा रचनाबाचन तथा तिल, भुजा र चिउराको लठु अथितिहरुलाई खुवाएर जन्मदिन मनाउनुभएको हो । जन्मदिनमा फजुद खर्च गर्ने, तडक भडक गरिने प्रवृत्तिको जवाफमा अनुरागले आफ्नो जन्म दिन इनरुवाका साहित्यकारहरुको रचना तथा उहाँको पुस्तकहरुको कविता वाचन गोष्ठीको विचमा मनाउनुभएको छ ।


कलााकार अनुरागको जन्म दिनको अवसरमा साहित्यकार रमेन्द्र कोईरालाले आफ्ना पुस्तक छोडीजानेहरुलाई हस्तान्तरण र त्यसैको गजल तथा कविता बाचन गर्नुभयो । साथै सहभागीहरुले कविता वाचन गरेर साहित्यकार अनुरागलाई जन्मदिनको शुभकामना ब्यक्त गरेका थिए ।


सृजनामा इनरुवाका अध्यक्ष लिलानाथ सिलवालको अध्यक्षता एवम् साहित्यकार छविनाथ रिजालको प्रमुखआतिथ्य एवम् नेपाल चलचित्र महासंघ प्रदेश १ का अध्यक्ष अरुन प्रधानको विषेश आथित्यतामा सम्पन्न कार्यक्रममा वोल्दै प्रमुखअतिथि रिजालले समाज रुपान्तरण गर्न साहित्यकार र कलाकारमो भुमिका रहेको बताउनुभयो । उहाँले त्यसमा इनरुवाका उदाउदो चाराका रुपमा मैथली कलाकार प्रकाश अनुरागले नयाँ अध्यायको सुरुवात गरेको धारणा राख्नुभयो । दर्जन बाढि चलचित्रमा अभिनय र गीतहरु स्वर दिएको र आफै लेख्ने गाउने समेत गर्नुभएकोमा जन्म दिनको अवसरमा थप फलोस फुलोस भनेर शुभकामना दिनुभयो । प्रकार अनुरागको जन्मोत्सव कार्यक्रममा साहित्यकार किसोर कोईराला, टिका सिवाकोटी आचार्य, विमला पोखरेल, कान्ता भट्टराई, जयकृष्ण यादव, रंजित मेहता, गनेश यादव सहितको उपस्थिती रहेको थियो ।