इनरुवा समाचारदाता
इनरुवा, असार ३२ गते । सुनसरीको इटहरी उपमहानगरपालिकामा आयोजित एक कार्यक्रमका सहभागीहरुले मैथिली कला र साहित्यमा जोड दिएका छन् । इटहरी १२ खनारमा अपन स्वर्ग नेपाल काल सांस्कृति प्रालि केन्द्रीय कार्यलय ईनरुवाको शाखा विस्तार कार्यक्रममा सहभागिहरुले मैथिली मौलिक कला र साहित्यको विकासमा ध्यान दिनुपर्नेमा जोड दिएका हुन् । शाखा विस्तार कार्यक्रम चतुरलाल चौधरीको अध्यक्षता तथा साहित्यकार कलाकर्मी भुवन पोखरेलको प्रमुख आथित्यमा सम्पन्न भएको प्रालिका केन्द्रिय अध्यक्ष झोटन मेहताले जानकारी दिनुभयो । कार्यक्रममा इटहरी १२ का वडा अध्यक्ष चदेश्वर सरदार, शिवनारायण चौधरी, संस्थाका महासचिव बसुधरा झा सहितको उपस्थिती रहेको थियो । सोही संस्थाको आयोजनामा साहित्य कार्यक्रम समेत सम्पन्न भएको जनाएको छ । सुनसरीमा कला, संस्कृति र संस्कारको सम्भावना बोकेको क्षेत्र प्रसस्त रहेकाले त्यसलाई जोडन् र विकास गर्नका लागि साहित्य कार्यक्रम सम्पन्न गरेको मेहताको भनाई छ ।

https://www.youtube.com/watch?v=dkPEeXQtP4w