अशिष कुमार यादव, सुनसरी
माघ १९ गते । सुनसरीको विभिन्न स्थानमा विश्व सिमसार दिवश मनाइएको छ । कोशी टप्पु बन्य जन्तु आरक्षले दिवशको अवशरमा अन्तरकृया कार्यक्रम गरेको छ । कार्यक्रममा कोशी प्रदेश सभा सदस्य सदानन्द यादव, कोशी गाउँपालिका उपाध्यक्ष अनितादेवी यादव सहितको उपस्थिती रहेको आरक्षका संरक्षण अधिकृत रमेश यादवले जानकारी दिनुभयो ।
उता बराहक्षेत्र नगरपालिकामा रहेको पर्यटकीय क्षेत्र अमाह सिमसारमा बिश्ब सिमसार दिवस मनाईएको छ । शुक्रवार अमाह सामुदायिक वन उपभोक्ता समितिको आयोजनामा उक्त कार्यक्रम आयोजना भएको थियो । कार्यक्रममा प्रमुख अतिथि कोशी प्रदेश सरकारका पर्यटन ,वन तथा वातावरण मन्त्री गणेशप्रसाद उप्रेती रहेका थिए ।


कार्यक्रममा कोशी प्रदेश सभा सदस्य ममता तामाङ्ग , बिजय राई ,सपना हिङ्ममाङ, वराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्की , वन तथा वातावरण मन्त्रालयका प्रदेश सचिव विशाल घिमिरे , नगर उप–प्रमुख नन्दकुमारी सुनुवार ,डिभिजन वन कार्यालय सुनसरी धर्मदेव यादव विशिष्ट अतिथि रहेका थिए ।
अमाह सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष भोजराज घलेको सभाध्यक्षता आयोजना भएको कार्यक्रमा पुर्ब प्रदेश सभा सदस्य उमिता बराईली, वडा न ४ का अध्यक्ष आशाराम चौधरी , वडा नं ५ अध्यक्ष रोहित काफ्ले , पुर्वध्यक्षहरु , राजनैतिक दलका प्रतिनिधि , सामुदायिक बनका पदाधिकारि लगाएको आतिथ्यता रहेको थियो ।
डिभिजन वन कार्यालय सुनसरीको सहयोगमा आयोजना भएको कार्यक्रमको “सिमसार र मानव कल्याण “ भन्ने राष्टिय नारा दिएको थियो ।