वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको ३० औं वार्षिकोत्सवको विशेष अवसरमा सुनसरी जिल्लाको देवानगञ्ज गाउँपालिका देशकै उत्कृष्ट पालिकाको रूपमा सम्मानित भएको छ।


​स्वच्छ एवं वातावरणमैत्री ऊर्जा प्रविधिको विस्तार तथा जलवायु परिवर्तन न्यूनीकरणको क्षेत्रमा देशभर सञ्चालित १५६ वटा पालिकामध्ये उत्कृष्ट योगदान पुर्‍याएको भन्दै देवानगञ्ज गाउँपालिकालाई यो गौरवशाली सम्मान प्रदान गरिएको हो। गाउँपालिकालाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका माननीय मन्त्री बिराज श्रेष्ठ ज्यूले कदर-पत्र प्रदान गर्दै सम्मान गर्नुभएको हो।
​यस महत्त्वपूर्ण उपलब्धिले स्थानीय स्तरमा हरित ऊर्जाको प्रवर्द्धन, नवीकरणीय ऊर्जाको प्रयोग र वातावरण संरक्षणका लागि पालिकाले गरेका प्रयासहरूको राष्ट्रिय स्तरमा कदर भएको प्रष्ट पारेको छ।
​सम्मान प्राप्त भएपश्चात गाउँपालिका परिवारले यस सफलतालाई सम्पूर्ण देवानगञ्जवासीको साझा उपलब्धिको रूपमा लिँदै खुसी व्यक्त गरेको छ। यस ऐतिहासिक अवसरमा सम्पूर्ण देवानगञ्जवासी बुबाआमा, दाजुभाइ तथा दिदीबहिनीहरू, गाउँपालिकाका जनप्रतिनिधिहरू, कर्मचारीहरू र यस अभियानमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा जोडिएर सहयोग पुर्‍याउने सम्पूर्ण महानुभावहरूमा हार्दिक बधाई एवं आभार व्यक्त गरिएको छ।
​यस सम्मानले आगामी दिनमा पालिकामा थप ऊर्जावान् भएर पर्यावरणमैत्री कार्यक्रमहरू सञ्चालन गर्न र दिगो विकासको लक्ष्य हासिल गर्न ठूलो प्रेरणा मिलको गाउँपालिकाले विश्वास व्यक्त गरेको छ।