जयकृष्ण यादव । इनरुवा
इनरुवा । इनरुवा उद्योग वाणिज्य संघले आफ्ना सदस्य व्यवसायीहरुको सहजताका लागि नापतौल शिविर संचालन गरेको छ । नापतौल यन्त्र दर्ता तथा नविकरण सम्बन्धी जानकारी र गुणस्तर समेतको बारेमा परिक्षण गर्ने उदेश्यका साथ शिविर सञ्चालन गरेको हो ।


क्षेत्रिय गुणस्तर तथा तापतौल कार्यालय विरटानगरको सहयोगमा शिविर संचालन गरेको जनाएको छ । इनरुवा उद्योग वाणिज्य संघका अध्यक्ष वीरेन्द्रकुमार साहले नापतौल तथा क्षेत्रीय गुणस्तर कार्यालय विराटनगर धाउनुपर्ने बाध्यतालाई मध्यनजर गर्दै इनरुवामा नै शिविर सञ्चालन गरेको बताउनुभयो ।

व्यवसायहरुले इनरुवामा विभिन्न नापतौलका साम्रगीहरु लिँदा र ल्याउँदा निकै समस्या भएको भन्ने गुनासो गरेकाले त्यसको सहजताका लागि तीन दिने शिविर सञ्चालन गरेको साहले बताउनुभयो ।
शिविरमा संघको सदस्यता प्राप्त गरेका व्यवसायीले नापतौलका यन्त्र दर्ता, अद्यावधिक तथा नविकरण गरेर शिविरबाट लाभ लिन अध्यक्ष साहले अनुरोध गर्नुभयो । उहाँका अनुसार डिजिटल एवम् म्यानुअल तराजुहरु, ढकहरु सहित सबै प्रकारका यन्त्रहरु नापतौल हुने बताउनुभयो । शिविर निश्चत समयका लागि हुने भएकोले समयमा नै लाभ लिन व्यसायीहरुलाई आग्रह गर्नुभयो ।