इनरुवा, माघ २४ गते । सुनसरी सदरमुकाम इनरुवाको एक कार्यक्रमका वत्ताहरुले शिक्षासगैं बालबालिकाहरुलाई खेलकुद पनि आवश्यक रहेकोमा जोड दिएका छन् । इनरुवा नगरपालिकाको अयोाजनामा भएको खुलकुद तथा राष्टपती कपको कबर्डी खेल उद्घाटन कार्यक्तमका वत्ताहरुले सो कुरा बताएका हुन् । उद्घाटन कार्यक्रममा इनरुवाका नगर प्रमुख केदार भण्डारीले शिक्षासंगै बालबालिकाका लागि खेल पनि आवश्यक रहेको बताउनुभएको छ ।
राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगीताको उद्घाटन सत्रलाई सम्बोधन गर्नुहुदै प्रमुख भण्डारीले आफ्नो पहिचान, प्रतिष्ठा बनाउनुका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा चिनाउनका लागि शिक्षासंगै खेलकुद पनि महत्पूर्ण विषय र आवश्यकता पनि रहेको बताउनुभयो । देशको अवस्था धरै सुधार हुदै गएको बेलामा शिक्षा, स्वास्थ्य, कृषि तथा खेलकुदको अवस्था समेत सुधार भएको उल्लेख गर्नुभयो । पढाईले मात्र नपुगने भएकाले खेल क्षेत्रमा समेत बालबालिकालाई अगाडि बढाउनका लागि प्रमुख भण्डारीले आग्रह गर्नुभयो । शिक्षासंगै खेलकुद क्षेत्रमा इनरुवा नगरपालिकाले बिषेश बजेटको व्यवस्था गरेर अगाडि बढने तयारी गरिरहेको प्रमुख भण्डारीले बताउनुभयो ।
प्रतियोगीत अन्तरगत भलिवल, कवर्डी, एथ्लेटिक्स खेल समावेश रहेको इनरुवा नगरपालिकाका शिक्षा शाखा प्रमुख डिल्ली निरौलाले जानकारी दिनुभयो । कार्यक्रममा इनरुवा नगरपालिकाका पूर्व प्रमुख खेमराज पोखरेल, उपप्रमुख बिनिताकुमारी मेहता, प्रमुख प्रशासकीय अधिकृत अग्नीप्रसाद अधिकारी, सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी बेदराज फुयल, सुरक्षाकर्मी संचारकर्मी लगायतको उपस्थिती रहेको थियो ।

१, सुनसरीको इनरुवा नगरपालिकामा आयोजित खेलकुद कार्यक्रम ।
तस्विर ः