सुरेन्द्र कुशवाहा । इनरुवा
छिमेक लघुवित वित्तिय संस्था लि. इनरुवा शाखाको १७ औं ग्राहक सदस्य गुनासो सुनवाई तथा भेला कार्यक्रम सम्पन्न भएको छ । इनरुवा नगरपालिका १ स्थित रहेको माँ जानकी पार्टी प्यालेसमा भेला तथा सदस्य गुनासो कार्यक्रम सम्पन्न भएको हो । इनरुवा शाखामा तीन हजार ८१९ जना सदस्यहरु कारोबार गर्दै आएको शाखा प्रमुख श्यामप्रसाद कुशवाहाले जानकारी दिनुभएको छ । कार्यक्रममा संस्थाका कोशी प्रदेश प्रमुख कृष्ण वनले ग्राहक तथा एकाइ भेलाका सदस्यहरुलाई वित्तियका विषयमा प्रशिक्षण दिनुभएको छ । प्रशिक्षणको क्रमश वनले लघुवित्तको कर्जा दुरुपयोग तथा दुरुपयोगको परिणामको बारेमा जानकारी दिनुभयो । इनरुवा नगरपालिकाका उपमेयर तथा छिमेक लघु वित्त संस्था लिमिटेडका सदस्य समेत रहनुभएका विनिता मेहताले लघुवित्त संस्थाको सेवा सुविधाको बारेमा जानकारी गराउनुभएको थियो ।

सदरमुकाम इनरुवा सहित जिल्लाका ५ गाउँपालिकाका सेवाग्राहीहरूलाई बचत तथा ऋणको माध्यमबाट लघुवित्तले सेवा प्रवाह गर्दै आएको छ । उक्त शाखामा ८ जान कर्मचारीहरु कार्यरत रहेको जनाएको छ ।


कार्यक्रममा केन्द्रिय कार्यालय प्रशासन तथा कानुन विभाग प्रमुख उत्सवराज जोसी, कोशी प्रदेश प्रमुख कृष्ण वन, अनुगमन प्रमुख बसन्त कुमार महतो, विष्णु पन्त, इनरुवा शाखा कार्यालय प्रमुख श्यामप्रसाद कुशवाहा लगायतको उपस्थिती रहेको थियो । त्यसैगरी ऋण तथा बचतकर्ता सेवाग्राहीहरु समेत गरी १९३ जना महिला र ७४ जना पुरुष गरि २६७ जनाको उपस्थिति रहेको थियो ।