इनरुवा, फागुन १ गते । सुनसरीको धरानमा सम्पन्न भएको जिल्ला स्तरीय भलिबलको उपाधी हिमशिखर बोर्डिग स्कूल तराहराले हात पारेको छ । प्याब्सनको आयोजनामा भएको जिल्ला स्तरीय भलिबल प्रतियोगितामा इनरुवाको सूर्यकिरण एकेडेमीलाई पराजित गर्दै उपाधी हिमशिखर बोर्डिग स्कूलले उपाधी चुमेको हो । प्रतियोगितामा पराजित भएर दोस्रो तथा उपबिजेता इनरुवाको सूर्यकिरण एकेडेमी बनेको आयोजकले जनाएको छ । विवयी र उपविजेतालाई सिल्ड, मेडल र प्रमाण पत्र वितरण गरेको प्याब्सनका मनोजकुमार यादवले जानकारी दिनुभयो ।


१, प्याब्सनको आयोजनामा भएको जिल्ला स्तरीय भलिबल प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण गर्दै ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा