जयकृष्ण यादव । इनरुवा
इनरुवा, फागुन ९ गते । नेपाल प्रज्ञा प्रतिष्ठानबाट बार्षिक रुपमा प्रदान गरिदै आएको प्रज्ञा मातृभाषा साहित्य पुरस्कार २०८० बाट बुधबार उराँव भाषाका साहित्यकार सुनसरीको इनरुवा नगरपालिका २ निवासी बेचन उराँव पुरस्कृत हुनुभएको छ । एक लाख रुपियाँ नगद रासीको प्रज्ञा मातृभाषा साहित्य पुरस्कार २०८० बाट बुधबार सुनसरीको धरानमा अन्तराष्ट्रिय मातृभाषा दिवश तथा मातृभाषा कविता महोत्सवको अवसर पारेर उराँव भाषाका साहित्यकार उराँवलाई पुरस्कृत गरिएको हो । उराँवलाई नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले पुरस्कार रासी र प्रमाण पत्र प्रदान गर्नुभयो ।

कार्यक्रममा धरान उपहानगरपालिकाका प्रमुख हर्क संपाग राई सहितको उपस्थिती रहेको थियो । राईले साहित्य र मातृभाषालाई संरक्षण गर्दै सबै सचेत हुनुपर्नेमा जोड दिनुभयो । भाषा संरक्षणका लागि नयाँ पुस्तालाई आफ्नो मातृभाषा सिकाउनुपर्ने र विद्यालयमा पनि एउटा विषय भएपनि मातृभाषामा पढाउनुपर्नेमा जोड दिनुयभो । पुरस्कृत हुुनुभएका उराँव, नयाँ नेपाल, गोरखापत्र दैनिकको बहुभाषिक उराँव भाषा पृष्ठ संयोजक समेत हुनुहुन्छ ।


१, नेपाल प्रज्ञा प्रतिष्ठानबाट बार्षिक रुपमा प्रदान गरिदै आएको प्रज्ञा मातृभाषा साहित्य पुरस्कार २०८० बाट उराँव भाषाका साहित्यकार सुनसरीको इनरुवा नगरपालिका २ निवासी बेचन उराँवलाई पुरस्कृत गर्दै ।
तस्विर ः