इनरुवा, । सुनसरीको सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकाले एक महिना अघि सम्पन्न गरेको राष्टपती कपको पुरस्कार वितरणसम्म गर्न सकेको छैन् ।
अक्षकम नेतृत्वका कारणले विधार्थीहरुको प्रतिभा र प्रतिस्प्रधा गर्ने कार्यक्रममा पुरस्कार वितरण गर्न नसकेको हो । नगर प्रमुख केदार भण्डारी सहितको उपस्थितीमा तामझामका साथ उद्घाटन भएको र विधार्थी बीचमा कुटाकुट भएर सम्पन्न भएको राष्टपती कपको पुरस्कार समयमा वितरण नहुदाँ विधार्थीको मनोविज्ञानमा पनि असर परेको अभिभावकहरुले बताएका छन् । लगन पछिको पोते जस्तो राष्टपती कपको पुरस्कार ढिलो वितरणको कुराले पुष्टी गरेको विधार्थीहरुले प्रतिकृया दिएका छन् । कुनै पनि प्रतियोगिताको खेल तयारीको बखत नै पुरस्कार, प्रमाण पत्र सिल्ड दिने कुराको ग्यारेण्टी गरेको हुन्छ तर पुरस्कार वितरण नै ढिलो भएकाले अनियमितताको गन्ध समेत देखिएको छ । धेरै विधार्थीहरुले मिडियामा आफ्नो कुरा राखिदिन भनेको तर बोल्दा परीक्षामा असर पार्ने भएकाले विधार्थीहरुले र विजयी प्रतियोगिहरुले समाचार प्रकाशन गरिदिन आग्रह गरेका छन् । उनीहरुले भने नाम उल्लेख नगरिदिन आग्रह गरेका छन् । उता शिक्षा शाखाका अधिकृत स्वस्तिका दाहालले समयमा पुरस्कार वितरण नभएको पुष्टी गर्नुभएको छ । समयमा पुरस्कार वितरण नभएको स्विकार गर्दै दाहालले अझैसम्म राष्टपती कपको पुरस्कार वितरण कार्यको टुगों नलागेको समेत प्रतिकृया दिनुभयो ।
कमिसनमा कुरा नमिलेपछि पुरस्कार वितरणमा ढिलाई भएको आरोपलाई थप मलजल भएको समाचार स्रोतले जनाएको छ ।