जयकृगण यादव । इनरुवा
इनरुवा, फागुन १८ गते । सुनसरीको विभिन्न सीमा नाकामा नेपालको राष्ट्रिय झण्डा राख्ने कार्य सुरु गरेको छ । शुक्रबार कोशी गाउँपालिकाको सहयोग एवं जिल्ला प्रशासन कार्यालय सुनसरीको सहकार्यमा कोशी गाउँपालिका वडा नम्बर ८ भण्टाबारी भिमनगर नाका स्थित तीनकुनेमा राष्ट्रिय झण्डा राखिएको हो । सीमा नाकामा निर्माण गरी राखिएको राष्ट्रिय झण्डाको शुक्रबार कोशी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारी, उपाध्यक्ष अनिता यादव, कोशी प्रदेशसभा सदस्य हाजी इस्राइल मन्सुरी सहितको उपस्थितीमा सुनसरीका प्रमुख जिल्ला अध्यक्ष जयनारायण आचार्यले राष्ट्रिय झण्डा फहराउनुभयो । झण्डा राख्ने कार्यक्रममा सुनसरीका प्रहरी उपरीक्षक वीपिन रेग्मी,सशस्त्र प्रहरी प्रमुख, सुनसरी भन्सार कार्यालयका निमित्त प्रमुख र संचारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

१, सुनसरीको भाण्टाबारी सीमा नाकामा नेपालको राष्ट्रिय झण्डा राखेर फहराउनुहुदै ।

तस्विर ः