जयकृष्ण यादव । इनरुवा
इनरुवा , फागुन २९ गते । सुनसरीको इनरुवामा प्रथम अन्तर्राष्ट्रिय मदन भण्डारी स्मृति कुस्ति (दङ्गल) प्रतियोगिताको तयारी भएको छ । इनरुवामा नेपाल निजमति कर्मचारी संगठन सुनसरीले पत्रकार सम्मेलनको आयोजना गरि इनरुवा १ जेल फिल्डमा पहिलोपटक अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता गर्ने तयारी पुरा भएको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार चैत ५, ६ र ७ गते हुने अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगितामा भारत, बगंलादेश र नेपालको कुस्ती खेलाडीहरुले प्रतिस्प्रधा गर्नेछ । प्रतियोगितामा प्रथम हुनेले नगद एक लाख रुपियाँ, द्धितिय हुनेले ७१ हजार रुपियाँ र तृतिय हुनेलाई ५१ हजार रुपियाँ पुरस्कार प्रदान गर्ने आयोजकले जनाएको छ । सदरमुकाम इनरुवामा हुने कुस्ती प्रतियोगिता पहिलो पटन भएको र त्यसमा पनि भारत सहितका शक्तीशाली खेलाडीहरु आउने भएकाले चैत्र ५ गते देखि ७ गतेसम्म ईनरुवा १ स्थिति जेल मैदानमा ५० हजार बढी दर्शनले प्रतियोगिताको अबलोकन गर्ने आयोजक नेपाल निजमति कर्मचारी संगठन, सुनसरीका अध्यक्ष चिनेश्वर मेहताले जानकारी दिनुभयो । मेहताले दिनुभएको जानकारी अनुसार प्रतियोगिताको सह–आयोजक राष्ट्रिय युवा संघ नेपाल, ईनरुवा नगर कमिटी र ब्यबस्थापक नेपाल खेलकुद महासंघ, ईनरुवा नगर कमिटी रहेको छ । खेलकुदको माध्यमबाट इनरुवालाई चिनाउने र देशविदेशमा इनरुवाको पहिचान स्थापित गर्ने मेहताको भनाई रहेको छ । प्रतियोगितामा करिव २१ लाख रुपियाँ खर्च लाग्ने आयोजकको अनुमान रहेको छ । पत्रकार सम्मेलनमा केन्द्रीय श्रम तथा रोजगार बिभाग सदस्य सरोज पोख्रेल, नेपाल खेलकुद महासंघका सचिव बिप्लब घोष, सदस्य सिपि पौडेल, नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति सचिव बाबुराम शाह लगायतको उपस्थिति रहेको थियो ।


१, सुनसरीको इनरुवमा नेपाल निजमति कर्मचारी संगठन, सुनसरीले आयोजना गरेको कुस्ती प्रतियोगिता बारेमा पत्रकार सम्मेलन ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा