सितल कुमार यादव । इनरुवा
इनरुवा, बैशाख १ गते । नयाँ वर्षसगैं सुनसरीको सदरमुकाम इनरुवामा ‘सिर्जनामा इनरुवा साहित्यिक कार्यक्रम’ को ३० औं शृङ्खला सम्पन्न भएको छ । इनरुवाका साहित्यकार र कविहरुको रचना, विचार र कला प्रस्तुत गर्ने थलोको रुपमा रहेको ‘सिर्जनामा इनरुवा साहित्यिक कार्यक्रम’ को ३० औं शृङ्खला सम्पन्न भएको हो । यहाँका श्रष्टाहरुले गीत, गजल, कविता र लघुनाटक प्रस्तुत सहित ३० औं श्रृङ्खला इनरुवाको भगवती माध्यामिक विद्यालयमा सम्पन्न भएको छ । कार्यक्रममा इनरुवा नगर क्षेत्रसहित इटहरी उपमहानगरपालिकाका साहित्यकार तथा कलाकारहरुको उपस्थिति थियो ।
कार्यक्रममा कालकार तथा पत्रकार र साहित्यमा रुची राख्ने १८ बढी सरोकारवालाहरुको सहभागिता थियो । कार्यक्रममा साहित्यकार युवराज दाहाल, राधा सुवेदी, रमेन्द्र कोइराला , इटहरीका श्रीप्रसाद पोखरेल, विधार्थी सितल कुमार यादव, पत्रकार तथा साहित्यकार जयकृष्ण यादव, रङ्गलाल भटराई ,गायक झोटन मेहता, द्धारीका प्रसाद पोखरेल सहितका दुई दर्जन बढीले रचना बाचन गर्नुभएको थियो । कार्यक्रममा श्रीप्रसाद पोखरेल, विष्णु दाहाल, यशोदा आचार्य, सागर तिम्सिना, अर्जुन दाहाल, छविनाथ रिजाल लगायतकाले आ आफ्नो रचना बाचन गर्नुभभएको थियो ।


कार्यक्रम सिर्जनामा इनरुवाका अध्यक्ष लिलानाथ सिलवालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सहित्यकारहरुले नयाँ वर्षको उत्सव र वितेको वर्याको साहित्य रुपमा समिक्षा सहित मायाप्रेम, सदाचार, भ्रष्टाचार र शुसासन लगायतका सावलमा रचना बाचन गर्नुभएको थियो ।
सिर्जनामा इनरुवालाई माया गरेर टाढाटाढाबाट साहित्यकारहरू उपस्थित भएर कार्यक्रमलाई यादगार तथा रमाइलो र नयाँ वर्षको शुभकामना दिनुहुदै सबैको सुस्वास्थ्य दीर्घायुको कामना दिँदै अध्यक्ष लिलानाथ सिलवालले समापन गर्नुभयो ।


१, सुनसरीको इनरुवामा सम्पन्न भएको ‘सिर्जनामा इनरुवा साहित्यिक कार्यक्रम’ को ३० औं शृङ्खलामा सहभागीहरु । तस्विर ः जयकृष्ण यादव । इनरुवा