जयकृष्ण यादव । इनरुवा
इनरुवा, जेठ ६ गते । चालू आर्थिक वर्ष २०८०।०८१ मा विभिन्न स्थानमा भएको आगलागीबाट घरबार विहिन बनेका अग्नि पीडितलाई कतार च्यारिटीले खाध्यान सामग्री राहत वितरण गरेको छ । सप्तरी र सुनसरी जिल्लामा भएको आगलागीबाट घरबार विहिन बनेका १०३ अग्नि पीडित परिवार र १४७ एकल तथा विपन्न महिलालाई कतार च्यारिटीले खाध्यान सामग्री राहत वितरण गरेको हो । कतार च्यारिटीको सहयोग तथा सामाजिक जीवन केन्द्र नेपाल (एसएलसी)नेपालको आयोजनामा २५० परिवारलाई खाध्यान वितरण गरेको जनाएको छ ।


स्थानीय सरकार, सुरक्षा निकाय, स्थानीय स्वयंसेवक तथा सहयोगीहरुको सहभागीतामा अग्नि पीडितलाई कतार च्यारिटीको सहयोगमा एसएलसी नेपालले खाध्यान राहत वितरण गरेको एसएलसी नेपालका दिनेश साहले जानकारी दिनुभयो । सप्तरीको अग्नि पीडितलाई सोही स्थानमा र कोशी गाउँपालिकाको जमुवामा आगलागीबाट घरबार विहिन बनेका अग्नि पीडितलाई खाध्यान राहत वितरण गरेको साहले जानकारी दिनुभएको छ । राहत वितरण कार्यक्रममा कोशी गाउँपालिकम अध्यक्ष ऐयुव अन्सारी, एसएलसी नेपालका अध्यक्ष हजरत मंसुरी, कतार च्यारिटी प्रतिनिधि मुजाहिद अन्सारी, अन्नाउला अन्सारीको उपस्थिति रहेको थियोे । राहत पाएका पीडितहरुले राहत दिनेहरुलाई विशेष धन्यवाद दिएका थिए ।


१, सप्तरी र सुनसरी जिल्लामा भएको आगलागीबाट घरबार विहिन बनेका अग्नि पीडित परिवारलाई कतार च्यारिटीले खाध्यान सामग्री राहत वितरण गर्दै ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा