इनरुवा, जेठ ६ गते । सुनसरीको इनरुवा नगरपालिकामा बालविवाह न्युनिकरण सम्बन्धी विद्यालयका बालकालिकाहरुका लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । इनरुवा नगरपालिका कार्यपालिकाको आयोजनामा इनरुवा वडा नम्बर ५ बलाहाको शारदा माध्यमिक विद्यालय र इनरुवा १ को भगवती माविका विद्यार्थी तथा शिक्षकहरुका लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो ।

अगामी २०८३ सम्ममा नगरलाई बालमैत्री र बालविावह मुक्त नगर बनाउने उदेश्यका साथ विद्यालय र बालकालिकाहरुलाई लक्ष्ति गरेर अभिमुखिकरण कार्यक्रम गरेको कार्यवाहक नगर प्रमुख विनिता मेहताले जानकारी दिनुभयो । कार्यक्रममा बालविवाह भनेको केहो ?, बाल विवाह सम्बन्धी कानुनी व्यवस्था, बालविवाह गर्दा कस्तो असर पर्छ ?, यसको न्युनिकरणका लागी विद्यार्थी, अभिभावक तथा शिक्षकको भुमिका कस्तो हुन्छ ? भन्ने विषयमा प्रशिक्षक जयकृष्ण यादवले प्रशिक्षण दिनुभएको थियो ।


पछिल्लो समयमा उमेर नपुग्दै युवायुवतीहरूले भागेर विवाह गर्ने चलन बढ्दो छ । यता बालविवाह न्युनिकरणको लागि पहल प्रयास जारी रहेको महिला, बालवालिका तथा जेष्ट नागरिक शाखा इनरुवाले जनाएको जनाएको छ । कार्यक्रममा कार्यापालिका सदस्यहरु रन्जु पौडेल, धिरा सरदार, रम्भु सरदार, भलनझनी चौधरी, विनोद अटल, योगेन्द्र शर्मा, जनता माविका प्रअ बलराम चौधरी सहितको उपस्थिती रहेको थियो ।
उता यसअघि सुनसरीको इनरुवा नगरपालिका ९ बबियाको सरस्वती मावि, इनरुवा ७ को नेरा हरी मावि र इनरुवा २ को राजाजी मावि, बालमन्दिर मावि र इनरुवा ८ डुम्राहाको त्रिभुवन माविमा बालविवाह न्युनिकरण सम्बन्धी विद्यालयका बालकालिकाहरुका लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको थियो ।

१, इनरुवा नगरपालिका कार्यपालिकाको आयोजनामा इनरुवा वडा नम्बर ५ को शारदा माध्यमिक विद्यालयमा भएको बालविवाह न्युनिकरण सम्बन्धी कार्यक्रमका सहभागी र अथितिहरु ।
तस्विर ः