रविन्द्र यादव । इनरुवा
इनरुवा, जेठ ९ गते । सुनसरीको हरिनगर गाउँपालिका १ स्थित श्री चपडाही आधारभुत विधालय रामनगरभुटाहाको विद्यालय व्यवस्थापन समितिको पदाधिकारीलाई प्रमाणपत्र वितरण गरेको छ ।

विधालय व्यवस्थापन समिति अध्यक्ष युवक मुखिया सहितको ९ सदस्यलाई प्रमाणपत्र वितरण गरेको हो ।

समितिका सदस्यहरु दुर्गीदेवी दास तत्मा, अशोक बहरदार, मानकिदेवी गोसाई, दुखनी मण्डल ,शिक्षक प्रतिनिधि श्रवण कुमार मेहता, वडा प्रतिनिधि र सदस्य सचिव अरुण साह सोनार सहितले प्रमाणपत्र प्राप्त गर्नुभएको छ । सबै पदाधिकारीहरुलाई हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले प्रमाण पत्र वितरण गर्नुभएको हो ।

प्रमाण पत्र वितरण कार्यक्रममा पत्रकार जयकृष्ण यादव र रविन्द्र यादव सहितको उपस्थिती रहेको थियो ।