गाउँमा डिजे बजाउन प्रतिबन्ध
इनरुवा, जेठ ९ गते । सनसरीको हरिनगर गाउँपालिका क्षेत्रभित्र ठूलो आबाजमा बजाउने डिजे बजाउन प्रतिबन्ध लगाएको छ । ध्यानी प्रदुषण भएको सामुदायमा जेष्ठ नागरिक तथा मुटु रोगीलाई समेत असर पारेको गुनासोलाई ध्यानमा राखेर गाउँपालिका भित्र अत्यधिक ध्वनी प्रदुषण गरिने डिजे बाजा प्रति पूर्ण रुपमा प्रतिबन्ध लगाएको छ ।

हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अंसारीले गाउँ अन्र्तगत हुने विभिन्न कार्यक्रमहरुमा ठुलो स्वरमा बाजा तथा डिजे बजाउने कार्यले ध्वनी प्रदुषण हुनुको साथै नागरिकको स्वास्थ्यमा प्रत्यक्ष रुपले नकारात्मक असर पर्ने भएको हुँदा ठुलो स्वरका बाजा तथा डिजे बजाउन पूर्ण रुपमा प्रतिबन्ध गरिएको हो । हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारी मियाँद्धारा हस्ताक्षरित सूचनामा उल्घंन गरिए कानुन बमोजिम कारवाही हुने जानकारी गराइएको छ ।
