खोला किनारमा अवैध उत्खनन्
इनरुवा, जेठ १२ गते । सुनसरीको भोक्राहा नरसिंह र हरिनगर गाउँपालिका तथा इनरुवा नगरपालिकामा अवैध रुपमा सुनसरी खोला उत्खनन् गर्ने काम भईरहेको स्थानीयहरुले गुनासो गरेका छन् । जिल्लामा वर्षेनी बाढीको चपेटामा रहेका नागरिकहरुलाई दुख दिने नियतले जनप्रतिनिधिदेखी ठेक्केदार र माटो तस्करसम्मको मिलिभगतमा स्काभेटर, टयाक्टर र टिपर सहितको प्रयोग गरी अवैध रुपमा सुनसरी खोला उत्खनन् गर्ने काम भईरहेको स्थानीयहरुले बताएका छन् ।
यो वर्ष पटक पटक नेपाल प्रहरीले केहीको टयाक्टर र टिपर नियन्त्रणमा लिएको भएपनि कार्वाही नहुदाँ इनरुवा नगरपालिका ९ स्थित बबिया, भोक्राहा नरसिंह गाउँपालिका ५ र ७ टपरा तथा चित्रगुप्त आधारभुत विद्यालय छेउँ र हरिनगर गाउँपालिका १ को भुटाहा सहित दर्जन बढी स्थानबाट अवैध रुपमा सुनसरी खोला उत्खनन् गर्ने काम जारी रहेको स्थानीय पप्पु यादवले गुनासो गर्नुभ्यो । यादवका अनुसार सुनसरी खोलाबाट अवैध रुपमा उत्खनन् गरिरहेको बेला कहिलेकारी प्रहरीले नियन्त्रणमा लिएर फेरी दबाब पछि छाड्ने गरेकोले खोला दोहन बढेको हो ।

केही महिना अघि इनरुवा ९ बबियाका हविब मंसुरीले अवैध रुपमा खोला कटान गरेको गुनासो पनि भोक्राहा नरसिंह गाउँपालिकाले प्रहरीको सहयोगमा स्काभेटर र टिपर नियन्त्रणमा लिएपनि पछि माटो नकाट्ने सर्तमा छाडिएको थियो ।
तत्कानी अवस्थामा स्थानीयले खोला उत्खनन भइरहेको सूचना भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अख्तर आजादलाई दिएको र उहाँले प्रहरीलाई बोलाई स्काभेटर र टिपर नियन्त्रणमा लिएर पछि आईन्दा थप माटो नकाट्ने सर्तमा छाडिदिनुभएको थियो ।
सो घटना सेलाउन नपाउदै अवैध रुपमा सुनसरी खोला किनारमा उत्खनन गरी ५ देखी १० मिटरसम्म गहिरो बनाएको स्थानीय पत्रकार रविन्द्र यादवले बताउनुभयो । सुनसरी खोला किनारमा माटो उत्खनन् गर्ने गरेको उहाँको भनाई छ ।
यसैबीच भोक्राहा नरसिंह गाउँपालिका ७ नम्बर वडा अध्यक्ष बौवालाल यादवले खोलामा केही मात्रामा माटो काट्ने काम भएको गुनासो आफू कहाँ आएको तर आफूले नदेखेको प्रतिकृया दिनुहुदै स्थानीय चित्रगुप्त आधारभुत विद्यालयको ५०० मिटर टाढाबाट बाटोमा माटो पुर्न काट्न भनेको दावी गर्नुभयो । खोलामा दोहन गर्ने र अवैध उत्खनन्का लागि भनई आवश्यक कामकै लागी केही माटो काटेको हुन सक्ने प्रतिकृया दिनुभयो ।
१, सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ७ नम्बर वडा स्थित सुनसरी खोलामा भएको अवैध उत्खनन् ।
