समावेसी पत्रकारितामा जोड
देवराज यादव । इनरुवा
इनरुवा, जेठ १३ गते । नेपाल प्रेस सेन्टर सुनसरीले इनरुवामा समावेसी पत्रकारिता र नेपाल पत्रकार महासंघको भुमिका विषयक अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ । पत्रकार कृष्णसेन इच्छुकको २२ औं स्मृति दिवशको अवसरमा समावेसी पत्रकारिता र नेपाल पत्रकार महासंघको भुमिका विषयक अन्तरकृया कार्यक्रम सम्पन्न गरेको हो । कृष्णसेनको राज्य पक्षबाट हत्या भएको भन्दै उहाँ प्रति हार्दिक श्रद्धाञ्जली सहित अन्तरकृया कार्यक्रम सम्पन्न गरेको प्रेस सेन्टरका अध्यक्ष तिर्थ कार्कीले जानकारी दिनुभयो । सम्पन्न भएको कार्यक्रममा सरोकारबाला साहभागीहरुले समावेसी पत्रकारिताको आवश्यक रहेकोमा जोड दिनुभएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य इकवाल अहमदले राज्यमा पछाडी पारिएका वर्ग, समुदाय, क्षेत्र र लिङ्गका मानिसहरूलाई मूलधारमा ल्याउन समाबेसी पत्रकारिता आवश्यक रहेको बताउनुभयो । उहाँले सत्य तथ्य घट्नाहरूमा आधारित रहि सञ्चार माध्यमबाट आम नागरिकलाई विना भेदभाव जानकारी गराउनुपर्ने समावेसी पत्रकारिताको जरुरी रहेको बताउनुभयो । कार्यक्रममा पत्रकार जयकृष्ण यादवले समावेसी पत्रकारिता र नेपाल पत्रकार महासंघको भुमिका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । यादवले समावेसी पत्रकारिताका लागि नेपाल पत्रकार महासंघले श्रमजीवी पत्रकार ऐन पूर्ण रुपमा कार्यान्वयन देखी सबै भौगोलित क्षेत्र, जातजाती, भाषाभाषी, समुदाय, वर्ग, लिगंको पहुच मिडिया र मिडियाको सामग्री हुनुपर्ने पतावरण निर्माण गर्न जारुरी रहेको बताउनुभयो । कार्यपत्रमा
पत्रकारितालाई समावेसी बनाउन अस्तित्वमा रहेको सञ्चार प्रतिष्ठान तथा संचारमाध्यमहरूलाई समावेसी बनाउनुपर्ने, महासंघले नेपाली सञ्चार क्षेत्रमा उचित श्रम अधिकारको अभ्यास गराउनुपर्ने र महिला, दलित, आदीबासी, जनजाती, मधेसी, मुस्लिम, सिमान्तकृत र पिछडिएको क्षेत्रको अबाज बुल्द पार्नका लागि सोही समुदाय वा वर्गको पत्रकारलाई मिडिया ल्याउन पहल गर्नुपर्ने उल्लेख गर्नुभएको छ । कार्यक्रममा समावेसी पत्रकारितालाई गुणात्मक र संख्यात्मक विकास गर्नुपर्ने , महासंघलाई समेत समावेसी बनाउन सदस्यता वितरणमा लक्ष्ति वर्गलाई ध्यान दिनुपर्ने, सबै पत्रकार सहित समावेसी पत्रकारको श्रम अधिकारको पक्षमा सशक्त ढंगबाट अघि बढ्नुपर्ने बताउनुभयो । यादवले सरकारी लोककल्याणकारी विज्ञापन समावेसीका आधारमा वितरण गर्ने वतावरण बताउनुपर्ने, पहुचमा मात्रै नभई राज्यको सुविधा र पेशागत सुरक्षा सबै समावेसी वर्गको पनि गर्नुपर्ने बताउनुभएको छ ।
कार्यक्रममा नेकपा एमालेका जिल्ला सचिव राम कोईरालले अनलाईन, रेडीयो, पत्रपत्रिका, युटुव सहितको संचार र प्रविधिहरुलाई जनमैत्री बनाउन समावेसी पत्रकारितालाई प्रोत्साहन गर्नुपर्ने बताउनुभयो ।
जनता समाजवादी पार्टी नेपालका केन्द्रिय सदस्य दिलिपचन्द साहुले सबै भुगोलमा बसोबास गर्ने सबै आदिवासी जनजाति, लोपोन्मुख तथा अल्पसंख्यक, सीमान्तकृत, महिला, अपाङ्गता, दलित, मधेसी समुदायका पत्रकारितामा क्रियाशील पत्रकारहरुको क्षमता अभिवृद्धिको लागि तालिम तथा अध्ययन भ्रमणको व्यवस्था गर्नुपर्ने बताउनुभयो ।
नेपाली काग्रेंंसका सचिव वीरेन्द्र कुमार साहले समावेशीकरणलाई लोकतन्त्रको गहनाको रुपमा व्याख्या गर्ने गरिएकोले त्यसको व्यवहारमा पनि अनुभुती गराउनुपर्ने बताउनुभयो । साहले लोकतन्त्रको गहनाको रुपमा रहेको प्रेस स्वतन्त्रताका लागि समावेसी पत्रकारिता आवश्यक रहेको बताउनुभएको छ ।


प्रेस सेन्टरका केन्द्रिय उपमहासचिव राजन केडीले प्रेस स्वतन्त्रताविनाको लोकतन्त्रले नागरिक सही अर्थमा स्वतन्त्र भएको महुशस गर्न नसक्ने बताउनुभयो । सामाजिक न्याय तथा समानताका लागि समावेशीकरण आवश्यक रहेको उहाँको भनाई थियो ।
न्युनत पारिश्रमिक निर्धारण समितिका सदस्य श्रीशिशा राईले सञ्चारमाध्यम समाजलाई बाटो देखाउने भएकाले यसमा समावेसी आवश्यक रहेको बताउनुभयो ।
नेपाल पत्रकार महासंघ सुनसरी अध्यक्ष जनकऋषि राईले प्रेस चौथोअङ्ग भएकाले यसैैबाट समावेशीकरणको सिद्धान्तलाई कार्यान्वयन गर्नुपर्ने आवश्यक रहेको बताउनुभयो । उहाँले आफै पनि मिडियामा कुनै एक पक्षका पत्रकारको मात्रै हालीमुहाली र एकल प्रभाव कायम रहँदैआएको दावी गर्नुहुदै समावेसीताको जरुरी रहेको औल्याउनुभयो ।
कार्यक्रमका प्रमुख अथिति नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य निर्मल बरालले मुलुकमा पछाडि परेका वा पारिएका सबैको समावेसीकरण आवश्यक रहेको बताउनुभयो । उहाँले अपांगता भएको व्यक्ति, आदिबासी जनजाति, थारु, मधेसी, मुस्लिम, दलित, महिला, सीमान्तकृत, उपेक्षितवर्गले मिडियाको समान र निश्पक्ष भूमिकाको अपेक्षा गर्ने गरेको र तर यसको अनुभुती गर्न नपाएको बताउनुभयो ।
पार्टीका कोशी प्रदेश उपाध्यक्ष शिव डागीले मिडियामा समावेसी नभएसम्म प्रस्तुत हुने सामग्री समेत समावेसी हुन नसकने बताउनुभयो ।
कार्यक्रम प्रेस सेन्टर सुनसरी अध्यक्ष तिर्थ कार्कीको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा अधिकारकर्मी रमेश भट्टराई, विनिता दाहाल, केशव घिमिरे, अर्जुन शर्मा, राजेन्द्र पोखरेल, रविन्द्र यादव, देवराज यादव सहितको उपस्थिती रहेको थियो ।




१, सुनसरीको इनरुवामा प्रेस सेन्टरको आयोजना गरेको पत्रकार कृष्णसेन इच्छुकको २२ औं स्मृति दिवशको अवसरमा समावेसी पत्रकारिता र नेपाल पत्रकार महासंघको भुमिका विषयक अन्तरकृया कार्यक्रमका अथितिहरु ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा
