देवराज यादव । इनरुवा
इनरुवा, जेठ १६ गते । सुनसरीको हरिनगर गाउँपालिकाले आफ्नो आर्थिक वर्ष २०८०।०८१ को विकास योजना तथा कार्यक्रमहरुको सार्वजिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । बुधबार हरिनगर गाउाँपालिकाले आफ्नै १ नम्बर वडाको सभाहलमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको हो । सो कार्यक्रममा गाउँपालिका भित्रका सबै विषयगत शाखाहरु, सामाजिक संघ संस्था, राजनितिक दलका प्रतिनिधि, पत्रकार, नागरिक समाजका अगुवा, कर्मचारी, वूद्धिजिवि, व्यापारी लगायत गाउँबासीहरुको उल्लेखय उपस्थिति रहेको थियो । कार्यक्रममा गाउँको समसायिक गतिविधि, विकास निमार्ण, शिक्षा, स्वास्थ्य, सकड विस्तार, कालोपत्रे, सडकबत्ति, फोहोर व्यवस्थापन लगायतका अन्य विषय वस्तूहरुमा समेत जिज्ञासा राखिएको थियो भने सो को बारेमा सहभागीहरुले चर्चा गरेको थियो । कार्यक्रम गाउँपालिकाका अध्यक्ष हाजी गफार अंसारी मियाँको सभापतित्वमा सम्पन्न भयो । सम्पन्न भएको सार्वजनिक सुनुवाई कार्यक्रममा १०० जना भन्दा बढि सेवाग्राहि नागरिक, राजनीतिक दल, विषयगत कार्यालयहरुको प्रमुख एवं प्रतिनिधिको उपस्थिती भएको थियो ।


गाउँपालिकाले सम्पादन गरेका सार्वजनिक सेवाको प्रभावकारिताको सम्बन्धमा ३० जना नागरिकहरुले आफनो गुनासो, प्रतिक्रिया र सुझावहरु राख्नुभएको थियो ।
नागरिकहरुबाट प्राप्त भएका गुनासाहरुको सम्बोधन विषयगत शाखाहरुको तर्फबाट जवाफदेहि बक्ताको प्रमुख प्रशसकिय अधिकृत तुलाराज थापा मगर, लेखा अधिकृत रन्जित मेहता, वडा अध्यक्ष सिकमलाल यादव, प्रविण प्रसाद गुप्ता लगायतकाले गर्नुभएको थियो ।
सार्वजनिक सुनुवाई कार्यक्रम पश्चात उठेका गुनासा प्रतिक्रिया र सुझावहरुलाई सम्बोधन अध्यक्ष अंसारीले गाउँपालिकाको योजना तथा कार्यक्रमहरुलाई चुस्त दुरुस्त रुपमा संचालन गर्नको लागि अनुगमन योजना निर्माण गरी कार्यान्वयन गर्ने, हरिनगर अस्पतालमा यथाशिघ्र १५ सैयाको सेवा सहित थप व्यवस्थापन गर्ने, सार्वजनिक शान्ति सुव्यवस्था कायम गर्ने प्रतिवद्धता गर्नुभयो । उहाँले लक्षित वर्गको लागि विनियोजन गरिएको रकम लक्षित वर्गमा नै खर्च गर्ने, शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका सार्वजनिक काममा ध्यान दिने, सुशासन, पारदर्शिता, जवाफदेहिता र वीधिको शास्थाको पूर्ण अनुभुत दिलाउने बतायनुभयो ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका हरिनगर अध्यक्ष सुरेश शर्माले विकासमा जनसहभागिता र विकास निर्माणमा दिगोपनामा अध्यान दिनुपर्ने सुझाव दिनुभयो । गाउँमा हुने विकासमा जनमैत्री र जनसहभागिता सहित पारदर्शि रुपमा गर्नुपर्नेमा जोड दिनुभयो ।
नेकपा एमालेका हरिनगर अध्यक्ष श्रीकृष्ण मेहताले जनताको पक्षमा गर्ने काममा जनताकै उल्लेख्य सहभागिता गरानुपर्ने सुझाव दिनुभयो । मेहताले गाउँमा कृषि अनुदान तथा विभिन्न लक्ष्ति कार्यक्रमहरुमा लाभग्राहीलाई नै प्राथमिक्ता दिनुपर्नेमा जोड दिनुभयो । उहाँले गाउँपालिकाको समग्रको काम राम्रो भएपनि केही क्षेत्रमा सुधार गर्नुपर्ने सुझाव दिनुभयो ।
त्यसैगरी नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य अमर खड्काले सीमावर्ती गाउँ भएर पनि गाउँपालिकाले झण्डै ३२ किलोमिटर पिच गरेको, सुरुवातमा यहाँको मान्छेहरुले एउटा वडाबाट अर्को हेल्थ पोस्ट जानको लागि बाटोलाई सम्बोधन गरेको बताउनुभयो । सात वटा वडा कार्यालयमध्ये पाँच वटा नयाँ निर्माण, स्वास्थ्य चौकी एउटा नयाँ भवन बनाएको र प्रशासनिक भवन निर्माण लगोको काम भएको देखिएको बताउनुभयो । उहाँले गाउँपालिको दुई वटा स्कुल, दुई वटा वडा कार्यालय र प्रशासनिक भवनका लागि १ बिघा ३ कट्ठा जग्गा चन्दादाताबाट प्राप्त गरी काम गरेकोमा प्रसंशा गर्नुभयो । कार्यक्रममा गाउँपालिकाका तर्फबाट प्रगति प्रतिवेदन तथा विवरण योजना शाखा प्रमुख रमेश स्वर्णकारले गर्नुभएको थियो ।

१, सुनसरीको हरिनगर गाउँपालिकामा सम्पन्न भएको सार्वजिक सुनुवाई कार्यक्रमका सरोकारबालाहरु तथा अथितिहरु । तस्विर ः जयकृष्ण यादव । इनरुवा