गढीमा मुसहर समुदायको सांस्कृतिक कार्यक्रम
इनरुवा, जेठ १८ गते । सुनसरीको गढी गाउँपालिकामा मुसहर समुदायको मौलिक नृत्य सहितको सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । तीनदिनदेखी जारी दिनाराम भद्री सम्मेलन, किर्तन भजन तथा नृत्य सहितको सांस्कृतिक रामलिला कार्यक्रम सम्पन्न भएको हो ।



गढी गाउँपालिका ५ सतैरझोरामा मुसहर समुदायको कुल देउता मन्दिर दिनाराम भद्रीमा मौलिक नृत्य सहितको सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको मुसर समुदायका जेष्ठ नागरिक गुनाई दास ऋषिदेवले जानकारी दिनुभयो । तीनदिनदेखी जारी दिनाराम भद्री सम्मेलन, किर्तन भजन तथा नृत्य सहितको सांस्कृतिक रामलिला कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा युवाहरुलाई दव्र्यसनबाट जोगाउने सन्देश, रुडीबादी संस्कार हटाउने, शिप र रोजगारमा जोड दिने अनि आफ्नो मौलिता जोगाउने उदेश्यका साथ सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।







तीन दिवशीय कार्यक्रममा गढी र दुहवी नगरपालिका १० डुम्राहा सिमरियाका कलाकारहरुले मौलिक नृत्य तथा रामलिला प्रस्तुत गरेको दिनाभद्री मन्दिर समितिका अध्यक्ष राजकुमार ऋषिदेवले जानकारी दिनुभयो । स्थानीय मुसहरहरुले चन्दा उठाएर आफ्नो मौलिक सांस्कृतिक कार्यक्रम गरेको दिनाभद्री मन्दिर समिति तथा सांस्कृतिक कार्यक्रमका सचिव राजदेव ऋषिदेवले बताउनुभयो । कार्यक्रम मुसहर सुमदायको भएपनि हजारौंको संख्यामा दर्शकहरु गैर मुसहर पनि अवलोकन गरेको गढी गाउँपालिका ५ का वडा सदस्य श्याम यादवले जानकारी दिनुभयो ।

स्थानीय महेन्द्र सदाका अनुसार आफूहरुको पुर्खा रहेको दिना–भद्री दाजुभाइ १४ औं सतावदीमा मारिएको सम्झनामा मन्दिरहरु स्थापना गरिएको छ । सोही मन्दिरमा आफूहरुले संस्कृतिक कार्यक्रम गरेको सदाले बताउनुभयो । उहँका अनुसार नेपाल, भारत र बङ्गलादेशमा गरी दिना–भद्रीका सयौँ मन्दिर छन् । मुसहर बस्तीहरूमा दिना–भद्री थानहरू छन् । शताब्दियौँदेखि दिना–भद्रीको गाथा गाइँदै आइएको छ । अझै पनि दिना–भद्रीको गीति नाटक मञ्चन हुन्छन्, तर अचेल दिना–भद्री जन्मोत्सव आदि विशेष अवसरहरूमा सीमित भएकोले त्यसको उजागरका लागि पनि आफूहरुले भव्य कार्यक्रम गरेको बताउनुभयो ।
