सुनसरीको इनरुवा नगरपालिकामा उपभोक्ता मञ्च नेपाल नगर कमिटी गठन भएको छ । सनिबार भएको उपभोक्ताहरुको भेलाबाट मञ्च शंकरनाथ महाजुको अध्यक्षतामा ११ सदस्य समिति गठन भएको हो । उपाध्यक्षमा प्रतिमा भट्टराई कोईराला, सचिवमा रोशन यादव, सहसचिवमा अनिलकुमार श्रेष्ठ र कोषाध्यक्षमा अख्तर खान चयन हुनुभएको छ । सदस्यहरुमा गोपाल यादव, कबिता अधिकारी , तिलक निरौला, तारा सिलवाल , कमला कार्की र सदन गुप्ता चयन हुनुभएको छ ।

उपभोक्ता मञ्च नेपाल इनरुवा गठनका लागि भएको भेलामा केन्द्रिय उपाध्यक्ष एवम् कोशी प्रदेश अध्यग डिल्लीराम दाहाल, जिल्ला अध्यक्ष राजु ढकाल, उपाध्यक्ष जमुना गौतम पोखरेल, सदस्य जयकृष्ण यादव, किसोर कोईराला, विपुलचन्द्र कोईराला, निवर्तमान नगर अध्यक्ष अजय कुमार देवको उपस्थिति रहेको थियो । भेलाबाट नयाँ कार्य समिति चयन गरेपछि नगरको आम उपभोक्ताहरुलाई बस्तु र सेवाको क्षेत्रमा भइरहेको गलत क्रियाकलापहरुलाई नियन्त्रण गरि आगामी दिनमा उपभोक्ता लागी सहज वातवरण हुने विशवासका साथ कमीटी गठन गरिएको केन्द्रिय उपाध्यक्ष दाहालले बताउनुभयो । कर्यक्रममा उपभोक्ता मञ्चका नयाँ कार्य समितिलाई बधाई दिनुहुदै केन्द्रिय उपाध्यक्ष दाहालले सबै उपभोक्ताहरुलाई जागरुक र सचेत पार्ने देखी उत्पादन भएको मिति म्याद भएको नभएको, बिलविजक लिने नलिने गरेको अवस्था समेतको सचेतना फैलाउने मञ्चको काम भएको बताउनुभयो ।