बालिकाको संकास्पद मृत्यु, प्रहरीलाई जानकारी नदिई गर्यो दाहसंस्कार , प्रहरीले थाले अनुशंधान
इनरुवा, जेठ २१ गते । सुनसरीको हरिनगर गाउँपालिका ७ घुस्कीमा एक बालिकाको हत्या भएको आशंका गरिएको छ । जेठ ४ गते हरिनगर गाउँपालिका ७ घुस्कीका रामचन्द्र सरदारकी १५ वर्षिया छोरी लक्ष्मी कुमारी सरदारको शव भुडिएको अस्वथामा फेला परेको थियो । उक्त घटनामा प्रहरीलाई जानकारी समेत नदिई स्थानीय जनप्रतिनिधिहरु र अभिभाव तथा छिमेकीहरुले पोष्टमार्टम र प्रहरीलाई जानकारी समेत नगरि जलाएर दाहसंस्कार गरेकाले बालिकाको हत्या भएको आशंका गरिएको हो । प्रहरीले तीन दिनपछि मात्रै थाहा जानकारी पाएर घटनाको विषयमा अनुसंधान थालिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिनुभयो । भण्डारीले घटना हत्या वा आत्महत्या के भएको हो ? आफूहरुलाई जानकारी नदिएकाले थाहा भएन तर अनुशधानका लागि प्रहरी अधिकृत बटाएको प्रतिकृया दिनुभयो । स्थानीयहरुले लक्ष्मीको स्थानीय सुरेश सरदारसंगको प्रेम सम्बन्ध रहेको र त्यसको विषयमा दुई परिवारका बीचमा विवादका कारणले हत्या भएको हुनसक्ने आशंका व्यक्त गरेका छन् । हरिनगर गाउँपालिका ७ का वडा अध्यक्ष मोजोपमिल खाँले समेत बालिकाको मृत्यु बारेमा थाहा नभएको र सुरुमा कालगतीले मरेको सुनिएको तर सबै कुरा आफूलाई जानकारी नभएको प्रतिकृया दिनुभयो । वडा अध्यक्ष खाँले पछि बुझ्दा घुस्कीमा एक बालिकाले आत्महत्या गरेको सुनिएको बताउनुभयो ।
मृतककी आमा रम्भा सरदारले आफू मकैं भित्रियाउन गएको बेला छोरीको भुण्एिर मृत्यु भएको थाहा पाएको प्रतिकृया दिनुभयो । उहाँले मृत्युको बारेमा आफूलाई थाहा नभएको र जनप्रतिनिधिहरुले प्रहरीमा जानकारी दिनुनपर्ने भनेकाले जलाएर दाहसंस्कार गरेको दावी गर्नुभयो । प्रहरीमा भने कोही कसैले निवेदन वा जाहेरी केही गरेको छैन । नागरिक समाजका व्यक्तिहरुले भने सीमावर्ती क्षेत्रमा भएको घटना हत्या हुन सक्ने आशंकालाई जोड दिदै सुक्ष्म छानविन र अनुसंधानको माग गरेका छन् ।

१, हरिनगर गाउँपालिका ७ घुस्कीमा लक्ष्मी कुमारी सरदारलाई दाहसंस्कार गरेको स्थलमा प्रहरीले जानकारी लिदै ।
तस्विर ः
