इनरुवा, असार १० गते । सुनसरीको रामधुनी नगरपालिकाले वडास्तरीय कानुनी साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । नगरका सबै वडाका स्थानीय नागरिकलाई न्यायिक समिति र कानुनी विषयमा जानकारी दिनको लागि वडास्तरीय कानुी साक्षरता कार्यक्रम सम्पन्न गरेको हो । नगरपालिकाका उपप्रमुख तारा थापाको प्रमुख आथित्यतामा रामधुनी ४, ७ र १ मा वडातहका विपन्न, गरिब, सिमान्तकृत, अल्पसङ्ख्यक नागरिकको न्यायमा पहुँच विस्तार गर्नउदेश्यका साथ कार्यक्रम सम्पन्न गरिएको हो ।

१, सुनसरीको रामधुनी नगरपालिकाले आयोजना गरेको कानुनी साक्षरता कार्यक्रममा सहभागिहरु ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा