जयकृष्ण यादव । इनरुवा
इनरुवा, असार ११ गते । सुनसरीको इनरुवा नगरपालीकामा संञ्चालित ब्युटिपार्लर तालिम मंगलबार सम्पन्न भएको छ । सीप सिकौं, आत्मनिर्भर बनौं मुल नाराका साथ आवर मिसन सुनसरीको आयोजना तथा इनरुवा नगरपालिकाको सहयोगमा ब्युटिसियन सम्बन्धी तालिम सम्पन्न भएको हो ।


महिला युवा लक्षित कार्यक्रम अन्र्तगत २० जना महिलाका लागि सञ्चालन भएको ब्युटिपार्लर तालिम सम्पन्न भएको आयोजक आवर मिसन नेपालका अध्यक्ष तोया गिरी पौद्धारले जानकारी दिनुभयो । तालिममा २० जनाले सिप सिकेको पोदाले बताउनुभयो ।


ब्युटितालिमका प्रशिक्षार्थीहरुलाई ब्युटिसियन विष्णुमाया सुवेदीले प्रशिक्षण दिनुभएको थियो । समापन कार्यक्रममा इनरुवाका उपप्रमुख विनिताकुमारी मेहताले स्वरोगार वनी आर्थिकरुपमा मजबुत बन्न सहभागीहरुलाई आग्रह गर्नुभयो ।


व्यवसायिक बन्नका लागि आगामी दिनहरुमा पार्लर व्यवसायिहरुलाई सहयोग गर्दै लैजाने समेत बताउनुभयो । तालिमका सहभागीहरुलाई तालिमको प्रमाण पत्र हस्तान्तरण गरिएको थियो । प्रशिक्षकलाई मायाको चिनो समेत सहभागीहरुले प्रदान गरेका थिए । व्युटि पार्लर तालिम महिलालाइ दिईरहँदा युवा महिलाले समेत व्युटीपार्लरको तालिम लिन चाहेको जानकारी दिनुभएको छ । इनरुवा बजारमा व्यूटिपार्लर व्यवसाय निकै फष्टाएकोले नयाँ प्रशिक्षार्थीहरुलाई स्वरोजगारका लागि ब्युटिसियन तालिम दिएको जनाएको छ ।

समापन कार्यक्रममा मानवअधिकार सञ्जालका संयोजक रमेश भट्टराई, पत्रकार जयकृष्ण यादव, अधिकारकर्मी सरस्वती लुईटेल सहितको उपस्थिती रहेको थियो ।