महिलालाई सर्फ र साबुन बनाउने तालिम

जयकृष्ण यादव । इनरुवा
इनरुवा, असार ११ गते । सुनसरीको इनरुवा नगरपालीकामा संञ्चालित सर्फ, किचेन क्लिनर हार्पिक, फिनेल र साबुन बनाउने तालिम सम्पन्न भएको छ । इनरुवाका गृहिणी महिला सशक्तिकरण कार्यक्रम अन्तरगत इनरुवा नगरपालिकाको सहयोग तथा हाम्रो सहयात्रा मञ्च सुनसरीको आयोजनामा तालिम सम्पन्न भएको हो ।







मंगलबार नगरपालिकाका प्रमुख केदार भण्डारीको प्रमुख आतिथ्यतामा तालिमको समापन गरिएको हो । समापन कार्यक्रममा बोल्दै प्रमुख भण्डारीले सिकेको सीपलाई व्यवहारमा लागु गर्न सहभागीहरुलाई आग्रह गर्नुभयो । उहाँले नगरपालिकाले महिलाहरुलाई आत्मनिर्भर बनाउनका लागि मागको आधारमा विभिन्न तालिमहरु संचालन गरिरहेको बताउनुभयो । मञ्चले उदाहरणीय काम गरिरहेको बताउनुहुदै महिला उधमीलाई व्यवसायमा २५ प्रतिशत छुट र अन्य सक्ने सहयाृग गर्ने बताउनुभयो । उहाँले घरेलु उद्योग सञ्चालनका लागि नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।
सर्फ बनाउनका लागि कच्चा पदार्थ वा मेसिन खरिद गर्न के कती सहयोग गर्न सकिन्छ त्यसमा पनि सहयोग गर्ने आवश्वासन दिनुभयो । उहाँले सामू्हमा आएका महिला उधमीहरुलाई ५० प्रतिशतसम्म अनुदान उपलब्ध गराउन सक्ने बताउनुभयो । उहाँले महिला उधमीहरुले सर्फ, किचेन क्लिनर हार्पिक, फिनेल र साबुन बनाउने काम गरेको खण्डमा गुणस्तरीयलाई ध्यानमा राखेर नगरपालिकाले बजारीकरणका लागि सहयोग गर्ने पनि प्रतिवद्धता व्यक्त गर्नुभयो । त्यसैगरी कार्यक्रममा उपप्रमुख विनिताकुमारी मेहताले नगरको बजेटमा वडाले छनौट गरेका महिला, एकल तथा दलित महिलालाई तालिममा सहभागी गराइएको बताउनुभयो ।



सञ्चालन भएको तालिम पश्चात् आत्मनिर्भर बनाउने अभियानलाई केही हदसम्म भए पनि टेवा पुग्ने अपेक्षा गरिएको मेहताले बताउनुभयो । सीप सिकेपछि परिवारको अर्थोपार्जनका लागि टेवा पुगोस् भन्ने हेतुले आत्मनिर्भर तालिम आयोजना गरिने गरेको उहाँको भनाइ छ । त्यसैगरी उधोग बाणिज्य संघ इनरुवाका अध्यक्ष वीरेन्द्रकुमार साहले सिपयुक्त ब्यक्तिले बाच्न कसैसंग निर्भर नहुने बताउदै सबै कुरामा हात हाल्दा पनि कुनै कुरामा पनि सफल नभइने भएकोले सरफ तथा साबुन बनाउने सिप सिकेपछि यस तालिमलाई व्यवहारमा उतारेर स्वरोजगार बन्न आग्रह गर्नुभयो ।
यसैगगरी पत्रकार जयकृष्ण यादवले महिलाहरुका लागि तालिम प्रभावकारी देखिएकाले त्यसलाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो । अवसर नपाएका र बिपन्न महिलाहरु भएकाले उनिहरुको आर्थिक अवस्थालाई सुधार ल्याउन पनि बिपन्न र अवसरबाट बिमुख दलित महिलाहरुलाई लक्षित गरी व्यबसायिक तालिमको रुपमा सरफ तथा साबुन बनाउने तालिम सञ्चालन गरिएको हुनसक्ने बताउनुभयो ।
तालिम समापन कार्यक्रममा कार्यपालिका संस्थाका अध्यक्ष विनिता मेहताले सिप सिकेर मात्र आत्म निर्भर नभइने भएकोले सिपलाई समयमै सदुपयोग गर्न आग्रह गर्नुभयो ।