इनरुवा, असार ११ गते । सुनसरीको रामधुनी नगरपालिका–४ सिगियामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । रामधुनी नगरपालिका–४ का ३० वर्षीय उमेश चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।


बिहान साढे ९ बजेतिर पानी परिरहेका बेला परेको चट्याङले खेतमा काम गरिरहेका चौधरीलाई लागेको थियो । चट्याङबाट बेहोस भएका चौधरीको उपचारका क्रममा बिराट टिचिंग अस्पताल विराटनगरमा अस्पतालका चिकित्सकले मृत घोषणा गरेको प्रहरी नायव उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिनुभएको छ । शवको पोष्टमार्टम गरि शव परिवारको जिम्मा लगाएको जनाएको छ ।