जग्गा ठेक्कामा प्रअ यादवको रजाइँ
सुनसरी सदरमुुकाम इनरुवा समेत रहेको इनरुवा नगरपालिका वडा नम्बर ९, बबियास्थित रहेको श्री सरस्वती माविको जग्गा ठेक्कामा नियमित प्रधानाध्यापक तेजनारायण यादवको रजाइँ रहेको स्थानीयहरुको भनाई रहेको छ । यादवले विद्यालयको नाममा रहेको चारओटा कित्ताको जग्गाको ठेक्काको म्याद समाप्त भएको भन्दै विद्यालय व्यवस्थापन समितिको बैठक असार ११ गते बोलाउँछन् ।
चारै कित्ताको सिलबन्दी बोलपत्रद्धारा जग्गा ठेक्का लगाउने अमुुर्त निणर््ाय गराउन सफल हुन्छन् । त्यसपछि उसको गैकानुुनी तथा मनपर्दी कार्यको रजाइँ शुुरु हुन्छ् । हाल इनरुवा ९ ,साविक बबिया ८ कित्ता नम्बर १ र २ को ७ विघा १४ कठ्ठा ६ धुर क्षेत्रफल, बबिया १(ख) कित्ता नम्बर ६९को १ विघा ३ कठ्ठा ८ धुुर क्षेत्रफल , बबिया १(ख) कित्ता नम्बर २४को १ विघा ७ कठ्ठा १८ धुुर क्षेत्रफल , बबिया २(घ) कित्ता नम्बर २५ को ७ कठ्ठा ८ धुुर क्षेत्रफल क्रमशः ४१ हजार प्रति विघा र रु २००० प्रतिकठ्ठा न्युुनतम दर तोकी प्रथम प्रटक मिति २०८१ असार १६ गते आफ्नै हस्ताक्षर गरी विद्यालयको च.न २५१ द्धारा विद्यालयको सूूचना पाटीमा सूूचना टासँ गर्न लगाउँछन् । सिलबन्दी बोलपत्र आहवान सम्बन्धी स्थानीय तह, प्रदेश र संघीय कानुुनी माफदण्ड तथा कार्यविधि तथा नियमावली जारी गरिएको अवस्था छ । त्यसलाई नजरअन्दाज गर्दै त्यसभन्दा माथि गई यादवले सिलबन्दी बोलपत्र अहवानको नियम तथा सर्त आफूू

खुुसी लेखिलेखाई सुूचना जारी गरेको थियो । सिलन्दी बोलपत्र फारमा भर्दा कबुुल गरेको रकमको २० प्रतिशत विद्यालयको खाता नं. २२२०१००००१०१००१ मा पहिला नै जम्मा गरिसक्नुपर्ने छ । कबुुल गरेको रकमको २०ले हुन आउने रकम सेवाग्राहीले जम्मा गर्ने बितिकै निप्रअ यादवको मोवाइमा म्याज आउँछ । ककसले कति रकम कबुल गरेको हो भनी सिलबन्दी खाम खोल्नुु भन्दा पहिले नै थाहा हने र यादवका रुचीका व्यक्तिलाई सुूचना दिने अरु भन्दा केही बढी कबुुल गर्न लगाउने सुनियोजित नेत रहेको स्थानीयहरुले आरोप लगाएका छन् । सिलबन्दी फारमको शुुल्क समान रकम हुने सबै सेवाग्राहीहरुले किन्न सक्ने कानुुनी व्यवस्था रहेको छ । विद्यालय र आवेदनकर्ता तथा उसको प्रतिनीधिहरुको रोहवरमा खोल्ने व्यवस्था रहेको छ ।
निप्रअ यादवले जारी गरेको बोलपत्र सूूचनामा पछिल्लो बक्यौता बाँँकी रहेको व्यक्ति तथा उसका परिवारका सदस्यहरुले समेत भर्न सक्ने छ भन्ने सर्त राख्न भ्याएका थिए । बन्दबन्दी पत्र असार २३ गते दिउँसो ४ बजे तोकेको थियो । निप्रअ यादवले मिलीभगतको आरोपलाई सहायक प्रधानाध्याक उमेश यादवमा सार्नका लागि अर्को सूचना जारी गर्न लगाएका थिए । असधारण विदामा रहेको, राजीनामा दिएको अवस्था तथा अधिकारिक रुपमा निलम्बनमा रहेको अवस्था बाहेक निप्रअ आफूू हुदाँ हुदैँ आर्थिक तथा प्रशासनिक जिम्मेवारी सहायक प्रअलाई दिन नमिल्ने कानुुनी व्यवस्था रहेको छ । भुुल गर्ने व्यक्ति तथा संस्थाले नै भुुल सुधार गर्नुुपर्ने व्यवस्था छ । तर निप्र्् यादवले सहायक प्रअ उमेश यादवलाई पूूरै सूूचनालाई आफूूअनुकुुल पुुन ः प्रकाशन गर्न लगाएको थिया । वि.स. २०८१ असार २३ गते दिउँसो ३ बजेसम्म सिलबन्दी बोलपत्र पेश गरी सक्नुुपर्ने र दिउँसे ४ बजे खोल्ने सर्तको व्यवस्था गरे पनि २३ गते नखोली २४ गते दिउँसो २ बजे अपारदर्शि तरिकाले खोलेको स्थानीयहरुको भनाइ रहेको छ ।
यादवले शुुरुमा लाज पुुुुुुुुर्जामा भएको जम्मे जग्गाको क्षेत्रफलको लागि सूूचना प्रकाशन गरेका थिए । फेरी च.न २५९ मिति २०८१ असार २१ गते थप प्रस्ट पार्ने सूूचना जारी गरी शुुरुमा एक विघाको लागि मात्र शिलबन्दी पेश गर्ने र पछि नापजाचँ गरी खेती योग्य जमिनको क्षेत्रफलको मात्र सम्झौता हुने कार्यको विव्यसबाट निर्णय नगराई आफूू खुुसी फेरी आफ्नै हस्ताक्षर गरी सूूचना जारी गरेका थिए । सम्झौता मितिमा नै ५० प्रतिशत रकम विद्यालयको खातामा जम्मा गर्ने सर्त राख्दा सर्वसधारणहरुले सिलबन्दी पत्र फारम भर्न हच्केका थिए । अपार्दर्शी तरिकाले जग्गा ठेक्का लगाउने सात विघालाई एक दूूई विघा भनी नापजाचँ गरी दिने र अरु जग्गाको पछि निप्रअ कमिसन लिने गरेको स्थानीयहरुले आरोप लगाएका छन् । यादवको सेवाअवधी थोरै रहेकाले विद्यालयको अधिकतम आम्दानी उठाउने खर्च देखाएर सक्ने मनसायले यस्तो कार्य गरेको स्थानीयहरुको भनाई रहेको छ ।
निप्रअ यादवले एक घण्टी मात्र लिई दिन भरी केही स्थानीय तथा शिक्षकहरुको घर धाउने र राजनीति गरेको बारम्बार आरोप लागि रहेको छ । नियम कानुुनलाई मान्दीन भन्दै सनक किसिमकले विद्यालय सञ्चालन गर्दै आएको छ । नगरपालिको शैक्षिक क्यालेण्डर साउन १३ गतेदेखि विद्यालय सञ्चालन गर्न भने पनि साउन १६ गतेखि सञ्चालन गर्ने यादवले जारी गरेको सूूचनामा उल्लेख गरेको छ । विद्यालयको वार्षिक क्यालेण्डर साउन २० गते उल्लेख गरेको छ ।
विद्यालयको वार्षिक नीति तथा कार्यक्रम बनाई कार्यक्रम तथा खर्च गर्नुुपर्ने प्रवधान रहे पनि त्यसलाई वेवस्था गदैँ विव्यस र शिक्षकलाई वाइपास गर्दै एकलौटी तरिकाले खर्च गरिरहेको छ । यसै कारणले विद्यालयलाई विवादमा राखेको छ । त्यसलाई विद्यालयभित्र र बाहिर सार्वजानिकीकरण नगरी अनियमितता गरेकोले निप्रअ यादव कै कार्यकालमा अख्तियार दुुरुपयोग अनुुसन्धान आयोग इटहरीमा ९९ लाखको मुद्धा विचराधिन अवस्थामा रहेको छ । दुुई पटक अख्तियारले छपा मारी विभिन्न कागजात मुुचुुल्का गरी लगि सकेको छ । निप्रअ यादवले नेपाल सरकारको पर्फरमेन्स वेस ग्रेन्ड कार्यक्रमको सशर्र्त रकम विद्यालयले नियुुक्त गरेको कर्मचारीलाई तलब र कर्मचारी सञ्चय कोषमा जम्मा गरी अख्तियारको दुुरुपयोग गरेको भन्दै अनुसन्धान पछि विशेष अदालतमा मुुद्धा दर्ता हुने अख्तियार स्रोतको भनाइ रहेको छ ।
