इनरुवा, असार ३० गते । सुनसरीको पुरानो सदरमुकाम रामनगर भुटाहामा पहिलो पटक सहकारी बैंक राष्टिय बाणिज्य बैंकको शाखा कार्यालय उदघाटन भएको छ । स्थानीय तहको पहल र बैंकको प्रयासमा सीमावर्ती गाउँपालिका हरिनगर २ रामनगर भुटाहा बजारमा पहिलो पटक राष्टिय बाणिज्य बैंकको शाखा कार्यालय उदघाटन भएको हो । बैंकको शाखा कार्यालय प्रमुख अथिति एवम् हरिनगर गाउँपालिका अध्यक्ष गफार अन्सारीले उद्घाटन गर्नुभएको हो । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुदै अध्यक्ष अंसारीले बैंक सञ्चालनमा आएपछि ग्रामीण क्षेत्रका सर्वसाधारणहरुलाई बैंकको सेवा लिन सहज भएको बताउनुभयो । उहाँले अवस्था अनुसारको व्यवस्थामा बचत, ऋणसगैं सहज, सरल र सुलभ सेवा लिनका लागि राहत मिलेको समेत बताउनुभयो ।


स्थानीय अधिकारकर्मी नईम अंसारीले २०१७–१८ सालको साख जोगाउने क्रमसङ्गै दक्षिणी क्षेत्रको एतिहासिक ठाउँ भुटाहा बजारमा राष्ट्रिय बाणिज्य बैंकको उदघाट्न भएकोमा खुसी लागेको प्रतिकृया दिनुभयो । स्थानीय पत्रकार लुकमान अंसारीले वर्षौपछि सरकारी बैंकको शाखा भाुटाहामा खुलेकाले स्थानीयहरु खुसी भएको बताउनुभयो ।