दलित भएकै कारणले घरमा तोडफोड गरेको विषयमा इन्सेकको चासो, घटनाको बारेमा अनुगमन

रुपेश कुमार मोची । इनरुवा
इनरुवा, साउन २४ गते । सुनसरीको भोक्राहा नर्सिङ गाउँपालिका वडा नम्बर ७ नर्सिङमा दलित सुकुम्बासी ५४ वर्षिय शिवन मरिकले आफू दलित भएको कारणले विभेदपूर्ण तरिकाले घरमा सरकारी व्यक्तिहरुले तोडफोड गरेको गुनासो गरेपछि इन्सेकले अनुगमन गरेको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुनसरीले घटनाको यर्थाथ बुझ्नका लागि पीडित मरिकको घरमा पुगी अवस्थाको बारेमा जानकारी लिएको छ । पीडितले आफ्नो घरमा बुधबार साउन २३ गते सुकुम्बासी र मरिक भएको कारणले भोक्राहा नर्सिङ गाउँपालिका ७ को जनता मावि नरसिंहका प्रधानाध्यापक जदुलाल साह र सोही वडाका वडा अध्यक्ष बौवालाल यादवले दुई जना प्रहरी समेतको सहयोगमा अनाधिकृत रुपमा घरमा पसि तोडफोड गरेको इन्सेकको अनुगमन टिमलाई जानकारी गराउनुभएको जनाएको छ ।
इन्सेक प्रतिनिधि जयकृष्ण यादवले दलित माथि भएको अन्याय र आवशको अधिकारससंग जोडिएको विषय भएकाले पीडितदेखी पीडक पक्षहरुसंग सोधपुछ गरि जानकारी लिनुभएको छ । यादवले पीडितको घर कयौ वर्षदेखी बस्दै आएको ठाउँमा सर्प र बाहिर जनावरको त्रास तथा छोराछोरीको विहेबारी समेत गर्नुपर्ने भएकाले मरिकले घरमा इटाको गारा लगाईरहेको अवस्थामा तोडफोड भएको प्रतिकृया पीडित परिवारबाट पाउनुभयो ।
त्यसैगरी पीडक भनिएका जनता मावि नरसिंहका प्रधानाध्यापक जदुलाल साह र वडा अध्यक्ष बौवालाल यादवलाई समेत भेटेर यर्थात जान्ने प्रयास गरिएको यादवले बताउनुभयो ।
पीडितले बाल भत्काउदाँ सुत्ने बेड समेत तोडफोड गरेको, ११ बोरा सिमेन्ट, तीन मजदुर र दुई मिस्त्री, ५०० इट्टा क्षती भएको गुनासो गर्नुभयो । पीडितले दिनुभएको जानकारी अनुसार प्रअ साहले, “अरुको घर होईन मरिकको घर स्कूलको जग्गामा छ भन्दै तोडफोड गरेको हो , एकलो दलित त्यसमाथि सुकुम्बासी भएकाले मरिककै घरमा तोडफोड भएको छ । ” मरिकले भन्नुभयो,“ विद्यालयको जग्गामा सयौ घर बनाएको, पक्की संरचना भएको तर आफ्नो घरमा मात्रै क्षती गरेको छ ।”
पीडित मरिकले आफ्नो ६ सदस्य परिवारलाई बस्न समेत समस्या भएकोले अन्यायमा परेको भन्दै न्यायका लागि पहल गरि दिन भन्दै साउन २३ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र राष्ट्रिय मानवअधिकार आयोग कोशी प्रदेश कार्यालय विराटनगरमा इमेल मार्फत उजुरी दिनुभएको थियो ।







घटनास्थलमा पुग्दाँ पीडितकी पत्नी कुमारी मरिकले जनता मावि स्कुलको जग्गामा ७० बढी घरटहरा र पक्की संरचना समेत रहेकोमा अरुलाई केही नगरी आफू मरिक दलित सुकुम्बासी भएकोले घरमा बस्न नदिने, दैलौमै रोक्दै वाल तोडफोड गरेको बताउनुभयो । मरिकको घरमा सरकारी व्यक्तिहरुले तोडफोड गरेको घटनाको बारेमा पीडितलाई न्यायको लागि पहल सम्बन्धित निकायले ध्यान दिनुपर्ने, आबासको अधिकार खोसिएको र दलित भएको जातीय भेदभाव सहित अर्को व्यवस्था नगरी जातीय विभेद सहित तोडफेड गरेकोले क्षतीपुर्ती समेतको माग गर्नुभएको छ ।
यता इन्सेकले चासो देखाएको र स्थानीय मिडियामा समाचारहरु प्रकाशन भएपछि भोक्राहा नर्सिङ गाउँपालिकाका अध्यक्ष अजमल अख्तर आदाज, कोशी प्रदेश सभा सदस्य हाजी इसराईल मंसुरी समेतले घटनाको बारेमा जानकारी लिनुभएको छ । विहीबार गाउँपालिकाका अध्यक्ष सहितका जनप्रतिनिधि र प्रदेश सभा सदस्य समेतले मरिकलाई भेटेर घरमा भएको तोडफोड र जातीय विभेदका घाटनाको जानकारी लिनुभएको हो ।







यसैबीच जनता मावि नरसिंहका प्रधानाध्यापक जदुलाल साहले मरिकले पक्की संरचना बनाउन लाग्दाँ नबनाउन भन्दै केही इटा मात्रै झारी दिएको प्रतिकृया दिनुभयो । सरकारी जग्गा भएकाले पक्की संरचनामा रोक लगाएको तर कुनै जातीय विभेदको काम नगरेको समेत दावी गर्नुभयो ।
भोक्राहा नरसिंह वडा नंम्बर ७ का वडा अध्यक्ष बौवालाल यादवले प्रहरी र प्रधानाध्यापकले बोलाएपछि घटनास्थलमा पुगेको तर अनाधिकृत रुपमा घरमा पसेर तोडफोड नगरेको प्रतिकृया दिनुभयो ।
१, सुनसरीको भोक्राहा नर्सिङ गाउँपालिका वडा नम्बर ७ नर्सिङमा दलित सुकुम्बासी ५४ वर्षिय शिवन मरिकले आफू दलित भएको कारणले विभेदपूर्ण तरिकाले घरमा सरकारी व्यक्तिहरुले तोडफोड गरेको गुनासो गरेपछि इन्सेकले अनुगमन गर्दै ।