नेपाल आदिवासी जनजाति महासंघ भोक्राहा नरसिंह गाउँ कार्यसमितिको आयोजनामा ३० ओं विश्व आदिवासी दिवस मनाइएको छ । महासंघकाे आयोजनामा दिवसको अवसरमा कार्यक्रम भोक्राहा नरसिंह गाउँपालिकाको चिरौली चौकमा सम्पन्न गरेको छ ।कार्यक्रम महासंघको अध्यक्ष ममता कुमारी उराँवकाे अध्यक्षता तथा हाजि इसराईल मन्सुरी प्रमुख अतिथित्यतामा सम्पन्न भएको हो ।

कोशी प्रदेश सभा सदस्य इस्राइल मन्सुरीले आदिवासी देशको सान, पहिभान भएकोले दिवसको शुभकामना दिनुभयो । कार्यक्रममा विशिस्ट अतिथि नेपाली काङ्ग्रेस सुनसरी जिल्ला संगठनका सदस्य एवं सुनसरी क्षेत्र नम्बर ४ का सचिव राजेन्द्रप्रसाद मेहता ,नेपाल मुस्लिम संघ सुनसरी जिल्लाका सभापति तथा भोक्राहा नरसिंह ४ का वडा अध्यक्ष हारुन अन्सारी,अतिथ जसपा नेपालका भोक्राहा नरसिंहका अध्यक्ष महेन्द्र प्रसाद यादव,नेकपा एमाले भोक्राहा नरसिंहका अध्यक्ष हेमनारायण मण्डल,नेपाल विद्यार्थी संघ सुनसरीका उपसभापति सेराज हुसेन,नेपाली काङ्ग्रेस भोक्राहा नरसिंहका सचिव कृपाराम मेहता,६ नम्बरका वडा सभापति जमालुद्दिन मन्सुरी ,विरेन उराँव,ब्रहमदेव उराँव,६ नम्बर वडा अध्यक्ष सराजुद्दिन अन्सारी,सन्जित उराँव,देवनारायण उराँव लगायतका सहभागी थियो । कार्यक्रममा उराँव झाकी तथा नृत्य प्रस्तुत गरेको महासंघले जनाएको छ ।

उता सोही अवसरमा भाेक्राहा नरसिंह गाउँपालिका कार्यालय, चिराैली, सुनसरीद्वारा भव्यताका साथ ३० औं विश्व आदिवासी दिवस २०८१ मनाइएको छ। यस अवसरमा आयोजित कार्यक्रमलाई मानर डिगा वितरण समारोहद्वारा सम्पन्न गरिएको थियो।

कार्यक्रममा गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादको अध्यक्षता रहेको थियो। अध्यक्ष आजादले कार्यक्रमलाई सम्बोधन गर्दै “आदिवासी समुदायको संस्कृति र परम्पराको संरक्षण र प्रवर्द्धन गर्न” गाउँपालिकाले यस्ता कार्यक्रमहरू निरन्तर आयोजना गर्दै आएको र भविष्यमा पनि यसलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले थपे, “यस प्रकारका कार्यक्रमहरूले समुदायको पहिचानलाई सशक्त बनाउन र नयाँ पुस्तालाई आफ्नो संस्कृतिप्रति गर्व गर्न प्रेरित गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।”

कार्यक्रमका प्रमुख अतिथि संविधानसभा सदस्य सुर्यदेव उराँवले आफ्नो मन्तव्यमा भने, “विश्व आदिवासी दिवसले आदिवासी समुदायको अस्तित्व, अधिकार, र पहिचानको महत्वलाई स्मरण गराउँछ। यस्ता कार्यक्रमहरूले आदिवासीहरूको आवाजलाई बुलन्द बनाउन महत्त्वपूर्ण भूमिका खेल्छ।”

विशिष्ट अतिथि तथा भाेक्राहा नरसिंह गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवर्ण घिमिरेले पनि आदिवासी (उराँव) समुदायको संरक्षण र संवर्द्धनका लागि सरकारी स्तरबाट निरन्तर प्रयास गरिरहने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले भने, “गाउँपालिकाले आदिवासी समुदायको हक, अधिकार, र संस्कृतिलाई सुरक्षित राख्न हरेक सम्भव प्रयास गर्नेछ। यस्ता समारोहहरूले समुदायलाई एकताबद्ध गर्न र उनीहरूको संस्कृति र परम्पराको महत्त्वलाई पुन:स्थापित गर्न मद्दत पुर्‍याउँछ।”

कार्यक्रममा काेशी प्रदेशसभा (क) का सदस्य सदान्न मण्डल, भाेक्राहा नरसिंह गाउँपालिकाकी उपाध्यक्ष सुनिता कुमारी उराँव, काेशी गाउँपालिकाकी उपाध्यक्ष अनिता देवी यादव लगायतका विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो।

साे कार्यक्रमकाे अतिथिमा विभिन्न वडाका वडाध्यक्ष, कार्यापालिका सदस्यहरू, तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको पनि उपस्थिति थियो। कार्यक्रमको समापनमा गाउँपालिका अन्तरगत रहेका उराँव समुदायका विभिन्न २४ समूहलाई १/१ सेट मानर डिगा वितरण गरेका छन्, जसले स्थानीय आदिवासी समुदायको संस्कृतिलाई प्रोत्साहन र संरक्षण गर्ने उद्देश्य राखेको छ।