गुरुदेव कामतको सम्झनामा साहित्य तथा श्रद्धाञ्जली कार्यक्रम

सुरेन्द्र मेहता
संगितकार , साहित्यकार गुरुदेव कामतको निधनको ११ औं पुण्यतिथीमा उहाँको सम्झनामा साहित्य तथा श्रद्धाञ्जली कार्यक्रम सुनसरीको सदरमुकाम इनरुवामा सम्पन्न गरिएको छ । ‘सिर्जनामा इनरुवा साहित्यिक कार्यक्रम’ को आकस्मिक शृङ्खला मार्फत सृजनामा इनरुवाको आयोजनामा गुरुदेव कामतको सम्झनामा साहित्य तथा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरिएको हो । इनरुवाका साहित्यकार र पत्रकारको रचना, विचार र कला प्रस्तुत गर्ने थलोको रुपमा रहेको सृजनामा इनरुवा कार्यक्रमले सोमबार भने कामत प्रति श्रद्धाञ्जलीसगैं उहाँको सम्झनामा उहाँको योगदनाको चर्चापरिर्चा र रचना बाचन गरेको साहित्य कार्यक्रम सम्पन्न गरेको हो ।



भगवती माध्यमिक विद्यालयको सभाहलमा सम्पन्न भएको कार्यक्रममा इनरुवा नगर क्षेत्रसहित विराटनगर महानगरपालिका र ग्रामिण क्षेत्रका साहित्यकार, शिक्षक, प्रधानाध्यापक तथा कलाकारहरुको उपस्थिति थियो । कार्यक्रममा कालकार तथा पत्रकार र साहित्यमा रुची राख्ने २५ बढी सरोकारवालाहरुको सहभागिता थियो । कार्यक्रममा साहित्यकार फडिन्द्रप्रसाद दाहाल, छविनाथ रिजाल, रमेन्द्र कोईराला, निरज शर्मा, सक्षम यादव, कोमल मेहता, प्रदिप मेहता, झोटन मेहता, प्रकाश अनुराग लगायतले रचना बाचन गर्नुभयो । त्यस्तै, कार्यक्रममा अमित यादव, दिनेश यादव, नारायण यादव, रामविलास मेहता, तेजनारायण पंडित, राधा सुवेदी, अर्जुन मेहता, पत्रकार जयकृष्ण यादव, सुरेन्द्र मेहता, साहित्यकार शिवनारायण पंडित सिंगल र सिर्जनामा इनरुवा साहित्यिक कार्यक्रमका अध्यक्ष लिलानाथ सिलवाल लगायतकाले रचना वाचन गर्नुभएको थियो ।