यादव सेवा समितिको कार्यालय संचालन

नेपाल यादव सेवा सुनसरी जिल्ला कार्य समिति कार्यालय उद्घाटन गरिएको छ । जिल्ला सदरमुकाम इनरुवा ४ नयाँ बसपार्कमा नेपाल यादव सेवा सुनसरी जिल्ला कार्य समिति कार्यालय उद्घाटन गरिएको हो । समितिका जिल्ला अध्यक्ष देवकृष्ण यादव गोबरधनको उपस्थितीमा नेपाल यादव सेवा सुनसरी जिल्ला कार्य समिति कार्यालयको उद्घाटन गरिएको सचिब रामचन्द्र यादवले जानकारी दिनुभयो । उद्घाटन कार्यक्रममा सल्लाहकार जयकृष्ण यादव, उपाध्यक्ष ओमप्रकाश यादव, विधानन्द यादव, कोषाध्यक्ष रामाधिन यादव, सदस्य सूर्यनारायण यादव, मोती यादव, गोविन्द यादव, सत्य नारायण यादव र राजकुमार यादवरमेश यादव सहितको उपस्थिती रहेको थियो । सबैलाई एकले अर्कालाई हार्दिक बधाई तथा नयाँ समितिलाई सफलताको शुभकामना दिएको थियो । यसैबीच समितिको बैठकले यादवहरुको जननी पुर्खा भगवान श्रीकृष्णको जन्मोत्सव अर्थात जन्माष्ठमीको अवसरमा सबै ठाउँको राधाकृष्ण मन्दिरहरुमा पुजापाठा, सांस्कृतिक कार्यक्रम र रथयात्राहरुमा सहयोग गर्ने , आफ्नो समितिहरुलाई नियमित र सामाजिक विकासको पक्षमा काम गर्ने निणर्य गरेको जनाएको छ ।


यादव सेवा समितिको कार्यालय संचालन
नेपाल यादव सेवा सुनसरी जिल्ला कार्य समिति कार्यालय उद्घाटन गरिएको छ । जिल्ला सदरमुकाम इनरुवा ४ नयाँ बसपार्कमा नेपाल यादव सेवा सुनसरी जिल्ला कार्य समिति कार्यालय उद्घाटन गरिएको हो । समितिका जिल्ला अध्यक्ष देवकृष्ण यादव गोबरधनको उपस्थितीमा नेपाल यादव सेवा सुनसरी जिल्ला कार्य समिति कार्यालयको उद्घाटन गरिएको सचिब रामचन्द्र यादवले जानकारी दिनुभयो । उद्घाटन कार्यक्रममा सल्लाहकार जयकृष्ण यादव, उपाध्यक्ष ओमप्रकाश यादव, विधानन्द यादव, कोषाध्यक्ष रामाधिन यादव, सदस्य सूर्यनारायण यादव, मोती यादव, रमेश यादव सहितको उपस्थिती रहेको थियो । सबैलाई एकले अर्कालाई हार्दिक बधाई तथा नयाँ समितिलाई सफलताको शुभकामना दिएको थियो । यसैबीच समितिको बैठकले यादवहरुको जननी पुर्खा भगवान श्रीकृष्णको जन्मोत्सव अर्थात जन्माष्ठमीको अवसरमा सबै ठाउँको राधाकृष्ण मन्दिरहरुमा पुजापाठा, सांस्कृतिक कार्यक्रम र रथयात्राहरुमा सहयोग गर्ने , आफ्नो समितिहरुलाई नियमित र सामाजिक विकासको पक्षमा काम गर्ने निणर्य गरेको जनाएको छ ।