इनरुवा, भदौं २ गते । सुनसरीको सदरमुकाम इनरुवा नगरपालिका वडा नम्बर २ को बालमन्दिर माध्यमिक विद्यालयमा अवैध रुपमा टि सर्टको व्यपार भएको गुनासो बाहिर आएको छ । बालमन्दिर माध्यमिक विद्यालयमा कक्षा १ देखी ५ सम्मका विधार्थीहरुलाई जबरजस्ती प्रति टि सर्ट पाँच सय रुपियाँ र कक्षा ६ माथिको विधार्थीहरुसंग पाँच सय ५० रुपियाँ विक्रि गर्ने गरी व्यपार भएको गुनासो बाहिर आएको हो ।
विद्यालयमा गरिबविपन्न विधार्थीहरु पढ्नेमा नेपाली माध्यममा र पैसा तिर्ने धनिहरुका लागि अग्रेंजी माध्यमबाट पढाउने गरेको आरोपका बीच अर्को टि सर्टको व्यपार भएको विधार्थीहरुले गुनासो गरेका छन् । विद्यालयमा निर्माणको काम देखी शिक्षकको अनुशासनको सवाल र अवैध रुपमा टि सर्टको व्यपार भएको विषयमा विद्यालय व्यवस्थापन समितिलाई समेत जानकारी नदिएको खुलासा भएको छ ।


बालमन्दिर विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र मेहताले आफूलाई समेत थाहा जानकारी नदि निर्माणको काम भएको, पुरानो निणर्य भन्दै अवैध रुपमा टि सर्टको व्यपार भएको प्रतिकृया दिनुभयो । विद्यालयका शिक्षक र प्रधानाध्यापकको मिलिभगतमा अवैध रुपमा टि सर्टको व्यपार भएको मेहताको प्रतिकृया रहेको छ । उता विद्यालयका प्रधानाध्यापक सदानन्द मेहताले अवैध रुपमा टि सर्टको व्यपार भएको बारेमा आफुलाई थाहा नभएको प्रतिकृया दिनुभयो । मेहताले शिक्षक दिपक मेहतालाई यसबारेमा सोध्नुपर्ने समेत प्रतिकृया दिनुहुदै पन्छिनुभयो ।
अवैध रुपमा टि सर्टको व्यपार भएको विषयमा शिक्षक दिपक मेहतालाई सोध्दा उहाँले विगतको समितिकै निणर्यबाट विधार्थीहरुलाई प्रति टि सर्ट पाँच सय रुपियाँ र कक्षा ६ माथिको विधार्थीहरुसंग पाँच सय ५० रुपियाँमा विक्रि गरेको स्विकार गर्नुभयो । उहाँले विधार्थीको लागि वितरण गरेको तर विधार्थीहरुलाई जबरजस्ती टि सर्ट विक्रि भने नगरेको प्रतिकृया दिनुभयो ।
स्थानीयहरुले पूर्व प्रधानाध्यापक सत्यनारायण मेहताको इसारामा विधार्थीहरुलाई जबरजस्ती प्रति टि सर्ट विक्रि गरेको दावी गरेका छन् । यसबारेमा पूर्व प्रधानाध्यापक सत्यनारायण मेहताले विगतमा विधार्थीको आग्रहमा बजारबाट जती मुल्यमा किनेको उही मूल्यमा टि सर्ट विक्रि गरेको बताउनुभयो । विद्यालयमा २० जना शिक्षक कर्मचारी र ६०० विधार्थी अध्ययनरत्त रहेका छन् ।


१, सुनसरीको इनरुवा २ मा रहेको बालमन्दिर मावि ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा