विमला पोख्रेल

आजकाल नगरपालिका र प्याब्सनको मातहतमा धेरै विद्यालय स्तरको प्रतियोगिता भएको मैले सुनेकी छु। प्रतियोगिताको नाममा विद्यार्थीहरूको मनोबल गिराउने काम नगर्नुहोला। निर्णय गर्ने समितिमा आआफ्नो मातहतका निर्णायक खोजेर ल्याउने प्रविधि बन्द गरियोस् । निर्णायकमा बस्ने मान्छे सक्षम भए नभएको मूल्यांकन गरेर राखियोस् । सबै साहित्यकारहरूमा सबै गुण नहुन सक्छ ।सबैले आफू पढ्न सक्छन् भने पढाउने क्षमता सबैसँग नहुन सक्छ । पूर्व नगरप्रमुख राजन मेहताज्यू र उपप्रमुख जमुना गौतम (पोख्रेल )ज्यूको कार्यकालमा इनरुवा नगरपालिकाले धेरै साहित्यिक गतिविधि अपनाएको थियोे ।तीनचारवटा कार्यक्रममा मैले निर्णायकको भूमिका निर्वाह गर्दा एकपटक मात्र मैले समूहको निर्णय गलत भएको खुलेर विरोध गर्न सकेँ।बाँकी कार्यक्रममा मलाई यहाँको निर्णायक समितिले खुम्चिन बाध्य बनायो ।म त्यतिबेलाको एउटा कार्यक्रममा भएको अराजकता वर्णन गर्न चाहन्छु ।कविता प्रतियोगिता थियो ।मलाई पनि निर्णायकमा बोलाइएको थियोे ।जाँदा तिनै अगाडिका निर्णायक थिए।ती दुईजना र म कविताको स्वाद लिन थालेका थियौं ।विद्यार्थीहरूका उत्कृष्ट कविता थिए।त्यस कार्यक्रम एउटा बहिनीले उत्कृष्ट छन्द कविता सुनाएकी थिइन् ।उनीहरूले दिएका नम्बरले उक्त विद्यार्थी कुनैपनि पुरस्कार नपाउने देखेर उक्त कार्यक्रममा मेरो ती निर्णायकहरूसँग भित्र कोठामा धेरै बेर विवाद भयो ।त्यसपछि नगरपालिकाका आयोजकले मलाई तपाईंले दिएको नम्बरमा थप्नु होला भनेर भन्नुभएको थियोे ।उक्त प्रतियोगितामा मैले त्यस उत्कृष्ट कवितालाई सान्त्वना बनाउन सकेँ।अहिले आएर तिनै दुईवटा व्यक्तिलाई नगरपालिकाले निबन्ध प्रतियोगिता ,वादविवाद प्रतियोगिता आदि साहित्यिक कार्यक्रममा पटकपटक निर्णायकमा राखेको मैले पाएँ।गत शुुक्रबार नगरपालिकाको सभाहलमा भएको वादविवाद प्रतियोगितामा तिनै निर्णायकले एउटा स्कूलको सहभागी बहिनीलाई उनले दिएका तर्कमा खोट लगाउने ठाउँ नभएर उनको प्रस्तुतिमा समेत खोट लगाउने कुनै ठाउँ नभएकोमा , एक ठाउँमा कथा पढेजस्तो गरेर बोल्नुपर्थ्यो भनेको मेरो कानमा अकस्मात् गुन्जियो।ती दुईजनाको बीचमा एउटा निष्पक्ष निर्णायक चेपिएको मलाई त्यतिबेला आभाष भयो ।अन्त्यमा म यस्ता कार्यक्रम आयोजना गर्ने आयोजकलाई भन्न चाहन्छु ,”यदि तपाईंहरू निष्पक्ष रूपमा प्रतियोगिता सञ्चालन गर्न नसक्ने भए प्रतियोगिताको नाममा विद्यार्थीहरूको मनोबल नगिराउनुहोस्।” हामी यिनै विद्यार्थीहरूको सुनौलो भविष्य बनाउन लागिपरेका छौँ ।हाम्रो कार्यमा बाधा अड्चन नगरियोस् ।

हार्दिक बधाई
यसपालिको “गाईजात्रे सम्मानमा पर्नुहुने सम्पूर्ण महानुभावहरूमा यथाशीघ्र हामीलाई सम्पर्क गर्नुहुन हार्दिक अनुरोध गरिन्छ । सम्मानमा पर्नुहुने सम्मानित महानुभावहरूको नामावली यसप्रकार रहेको छ।
१)देशलाई अस्तव्यस्त बनाउन उल्लेखनीय भूमिका खेले बापत
२०८१ अस्तव्यस्त पुरस्कार क. बालाई प्रदान गरिने ।
२)देशका गरिब जनतालाई अझै गरिब बनाउन अहम् भूमिका खेले वापत २०८१ गरिबमारा पुरस्कार क.खलनायक बालाई प्रदान गरिने ।
३)सुकुम्बासीलाई प्रदान गर्न पर्ने जग्गा आफ्नै नाममा बनाउन सफल आमालाई सुकुम्बासी शोषण पुरस्कार २०८१ प्रदान गरिने।
४)नेपाली नागरिकलाई विदेशी बनाई वैदेशतिरै धकेल्न सफल दाजुलाई वैदेशिक कमिशन पुरस्कार २०८१ प्रदान गरिने ।
अरुधेरै पुरस्कारहरू र योगदानको खोजी हुँदैछ ।हामी आगामी २०८२ सालको गाईजात्राको अवसरमा अरू छुट्नुहुने महानुभावहरूलाई सम्मान गर्ने तयारीमा जुट्नेछौँ ।पुरस्कृत महानुभावहरूले सम्पर्क गर्न ढिलो गर्नु भएमा हामी पुरस्कार घरमै ल्याउने व्यवस्था गर्नेछौं ।