तिज विषेश भेटघाट सांस्कृति तथा शुभकामना सम्पन्न

जयकृष्ण यादव । इनरुवा
इनरुवा, भदौ ८ गते । अखिल नेपाल महिला संघ क्रान्तिकारी इनरुवा नगर कमिटिको आयोजनामा तिज विषेश भेटघाट तथा शुभकामना आदानप्रदान र दर खाने कार्यक्रम सम्पन्न भएको छ । सनिबार नेकपा माओवादी केन्द्रका केन्द्रिय नेतादेखी पूर्वमन्त्रीसम्मको उपस्थितीमा कार्यक्रम सम्पन्न गरेको हो । संघले महिलाहरुका बीचमा एकआपसमा परिचयात्मक सहित भेटघाट गरि शुभकामना आदानप्रदान गर्दै दर खाने कार्यक्रम सम्पन्न गरेको जनाएको छ ।
कार्यक्रम संघका नगर अध्यक्ष राधा भट्टराईको अध्यक्ष्ता र पूर्व प्रतिनिधि सभा सदस्य तथा कृषि राज्यमन्त्री रामकुमारी चौधरीको प्रमुख आतित्थ्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा प्रमुख अथिति चौधरीले तिज सामाजिक संस्कारसंग जोडिएकाले यसलाई विकृति हुनबाट जोगाउन जरुरी रहेको बताउनुभयो । उहाँले बालबालिका तथा समुहमा महिलाहरुले नेपाली तीजका गीतहरुमा भरमग्दुर मनोरन्जन लिदै कम्मर भाँचीभाँची नाचीरहेको सवालबारेमा बोल्नुहुदै संस्कृतिमा विकृति हुनबाट जोगाउन आवश्यक रहेको बताउनुभयो । महिलाहरुले वर्ष दिनभरिको ब्यथा, पीडा, भोगाइहरु गित संगीत मार्फत व्यक्त गर्दै सासू बुहारी बिचको सम्बन्धलाई मजबुत बनाउने पर्वको रुपमा लिएको अर्का वत्ता तोया गिरी पौदारले बताउनुभयो । कार्यक्रममा संविधान सभा सदस्य सन्तोश थारु, नेकपा माओवादी केन्द्रका अध्यक्ष योगेन्द्र प्रसाद मण्डल सहितले पुरानो संस्कृतीको स्वरुप नै फेरिएको तिजलाई मर्यादित बनाउनुपर्नेमा जोड दिनुभयो । नेपाली समाजमा विकृति मात्र भित्र्याएको छैन, विशेष त मौलिक तीज गीतकै गरिमामाथि प्रहार गरेको सहभागीहरुको गुनासो थियो । नेपाली मौलिकता बोकेका तीज गीतहरु कम गर्दै पप, हिन्दी र अंग्रेजी गीतहरुले समेत तीजमा राम्रो बजार पिटेकाले मौलिकता हराउदै गएको प्रति सरोकाबरालाहरु चिन्दा व्यक्त गरेका छन् । कार्यक्रममा नृत्यहरु, गायन तथा अन्य प्रस्तुती समेत गरिएको पार्टीका नेता विमला पोखरेलले जानकारी दिनुभयो ।



उता दुहवी नगरपालिकामा तिज मिलन कार्यक्रम सम्पन्न भएको छ । नगर प्रमुख वेदनारायण गच्छदार र उपप्रमुख मेनुका पोखरेल सहितको उपस्थितीमा भव्य रुपमा तिज मिलन कार्यक्रम सम्पन्न भएको हो ।

१, अखिल नेपाल महिला संघ क्रान्तिकारी इनरुवा नगर कमिटिको आयोजनामा तिज विषेश भेटघाट तथा शुभकामना आदानप्रदान र दर खाने कार्यक्रममा नृत्य गर्दै महिलाहरु ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा