राणा शासन
आए आए राणाहरु आए
आए आए दुष्ट राणा शासन आए
जंगेले राजनीतिक खेले
मारे देशको शासकलाई
देशको शासक बने राणा
जनताको लागि बने दुशासक
नियम र कानुन नामका लागि थिए
राणाले बनाउथे राणाले तोड्थे
देशको विरहरुले आबाज उठाए
राणालाई विरलाई मारे
वीपी र त्रिभुवन राजनीति खेले
राणालाई शासकबाट हटाए
पहिलो चोटी प्रजातन्त्र आयो
र देश विकास तर्फ लम्कियो ।।

सक्षम यादव । इनरुवा २, सुनसरी
