श्रीकृष्ण जन्माष्टमीमा मुर्ती पुजा
जयकृष्ण यादव । इनरुवा
इनरुवा, भदौ ११ गते । सुनसरीको सदरमुकाम इनरुवामा भगवान कृष्णको मुर्ती पुजा गरेर हर्सोल्लासाका साथ कृष्णजन्माष्टमी मनाएका छन् । यहाँका यादवहरुले घरघरमै मुर्ती पुजा गरी श्रद्धा–भक्तिपूर्वक कृष्णजन्माष्टमी मनाएको इनरुवा ९ बबियाका विन्देश्वर यादवले बताउनुभयो । जिल्लाको इनरुवा, गढी, दुहवी, बर्जु, देवानगञ्ज, हरिनगर, भोक्राहा नरसिंह, कोशी, रामधुनी सहितको क्षेत्रमा हर्सोल्लासाका साथ कृष्णजन्माष्टमी मनाएको स्थानीय देवराज यादवले बताउनुभयो ।

अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मिएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेको पंडित बलाराम यादवको कथन छ ।
यस अवसरमा इनरुवाको राधाकृष्ण मन्दिर, दुहवीको कृष्ण मन्दिर , हरिनगरको बासुकिनाथ मन्दिर , राधाकृष्ण मन्दिर, रामधनुी मन्दिर सहितका मन्दिरमा मेला लागेको छ ।


यसैगरी केहीबेरमा श्रीकृष्णको रथ यात्रा निकालिने तयारी भएको छ । श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा सत्यनारायण मन्दिर इनरुवामा सोमबार मध्यरातमा झुलनोत्सव कार्यक्रम सम्पन्न गरिएको छ ।


१, सुनसरीको इनरुवा ९ बबियाका विन्देश्वर यादवले आफ्नो घरमा बनाउनुभएको भगवन् श्रीकृष्णको मुर्ती ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा
