इनरुवामा हनुमान चालिसा र ताण्डब नाच
जयकृष्ण यादव । इनरुवा
इनरुवा, भदौ २३ गते । सुनसरीको इनरुवामा पौराणिक तथा मौलिक संस्कृति संरक्षण गर्ने उदेश्यका साथ हनुमान चालिसा पाठ र ताण्डब नाच सम्पन्न गरेको छ । राष्ट्रिय सनातनी संघ जिल्ला कार्य समिति सुनसरीको आयोजनामा सनिबार राती हनुमान चालिसा पाठ र ताण्डब नाच सम्पन्न भएको हो । युवा कलाकारहरुले भागवान र दैत्यको अभिनय सहित इनरुवा १ स्थित शिव मन्दिरमा श्री गणेश चतुर्दशी तथा साप्ताहिक रूपमा हुने हनुमान चालिसा पाठको ५० औं हप्ताको अवसरमा ताण्डब नाच सम्पन्न गरेको हो । नेपाली कलाकार सहित भारतको विहार जोगवनीका कलाकार बाबा बागेश्वर झाँकीको रुपमा शिव ताण्डव लगायतका विभिन्न मौलिक नाच नाचेको आयोजक समितिका संयोजक शिवकुमार यादवले जानकारी दिनुभयो । कार्यक्रम हजारौ भक्तजन तथा दर्शनकहरुको उपस्थिती रहेको थियो ।


१, सुनसरीको इनरुवामा पौराणिक तथा मौलिक संस्कृति संरक्षण गर्ने उदेश्यका साथ हनुमान चालिसा पाठ र ताण्डब नाच गर्दै कलाकारहरु ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा
